Thursday, December 3

यस्तो अनौठो गाउँ, जहाँका सबै महिलाहरुको लामो कपाल छ, हेर्नकै लागी आउछन् लाखौ पर्यटक

August 22, 2020 83

एजेन्सी । विश्वमा धेरै अनौठा गाउँहरु छन् । तपाईलाई पत्यार नलाग्ला, तर चीनमा यस्तो गाउँ छ, जहाँ लामो कपाल भएका महिलाहरु मात्र बस्ने गर्छन् । चीनको गुआन्ग्झी प्रान्तस्थित हुआन्गुलो गाउँमा रहेका ८० महिलाका लामो कपाल छ । यो गाउँ नै लामो कपालबाट नै चर्चामा छ ।

लामो कपाल भएका सबै महिलाको कपालको लम्बाई १.४ मिटरदेखि २.२ मिटरसम्म रहेको छ ।कपालकै कारण चर्चामा रहेको यो गाउमाँ वर्षेनी ८० हजार भन्दा बढी पर्यटकहरु आउने गर्छन् । लामो कपाल भएका यहाँका महिलाले रातो कपडा लगाउने गर्छन् ।

यहाँका महिलाहरुले पहिले कपाल छोप्ने गर्र्दथे । तर अहिले समय बदलीय सँगै कपालहरु बाहिर देखाउन थालेका छन् । कपालकै कारण यस गाउँले गिनिज बुकमा आफ्नो रेकर्ड पनि राखेको छ ।

प्रतिकृया दिनुहोस्