Saturday, November 28

कोरोनबीचको सेलिब्रेटीको तीज: सामाजिक संजालमा देखियो यस्तो रुप

August 22, 2020 57

कोरोनाको कारण देशका विभिन्न स्थानमा जारी निषेधाज्ञाका कारण यो बर्षको हरितालिका तिज पर्व खासी उत्साहजनक देखिएको छैन । अधिकाश क्षेत्र ठप्प रहेका छन् भने धेरै ठाउमा आवतजावत पनि बन्द गरिएको छ । टाढाको यात्रा गर्न नसके पनि नजिकका आफन्तजान र साथीभाई जम्मा भए तीज मनाउने क्रम भने रोकिएको छैन।

सेलिब्रेटीपनि आफुले मनाएको तीजका तस्विर सामाजिक संजालमा पोष्ट गरिरहेका छन् । अभिनेत्री आंचल शर्मा, ऋचा शर्मा , विवाह पछीको आफ्नो पहिलो तीज मनाइरहेका छन् । अभिनेत्री प्रियंका कार्की पनि अभिनेता आयुष्मान देशराज जोशीसंग विवाह पछिको पहिलो तीज मनाईरहेकी छिन् । अभिनेत्री करिश्मा मानन्धर, रेखा थापा, बर्षा राउत , अनु शाह , केकी अधिकारी लगायतले पनि सामाजिक संजालबाट नै तीजको शुभकामना दिएका छन् ।

अधिकांश कलाकारले सामाजिक दुरी कायम गर्दै सचेत भएर तीज मनाउन आग्रह गरेका छन् ।चलिरहेको विषम परिस्थितिलाई मध्यनजर गर्दै आफु अनि आफ्नाको स्वास्थ्यको ख्याल गर्न पनि सेलिब्रेटीले अनुरोध गरिरहेका छन्

प्रतिकृया दिनुहोस्