शनिबार ०४ बैशाख २०७८

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ

यो पनि पढ्नुहोला फ्रिल्यान्सर र कम्पनीलाई जोड्ने डिजिटल प्लेटफर्म : वर्कहबकाठमाडौं । विश्वले रिमोट वर्किङको संस्कृतिलाई अभ्यास गर्दै गइरहेको अवस्थामा पछिल्लाे पुस्तामाझ डिजिटल फ्रिल्यान्सिङको महत्व र लोकप्रियता आफ्नै किसिमको छ ।पायक पर्ने ठाउँमा बसेर आफूलाई इच्छा लागेको, आफ्नो विज्ञता भएको क्षेत्रका काम गर्न पाउनु भाग्यकै कुराे हाे । यसमा ‘टेन टु फो’ अफिसमा बस्नुपर्ने बाध्यता हुँदैन । कन्ट्रयाक्टमा काम गर्दा आफ्नो लागि समय पनि आफैंले मिलाएर बचाउन सकिन्छ ।

अहिलेको दौडधुपपूर्ण जिन्दगीमा यस किसिमको स्वतन्त्रता जोकोहीलाई चाहिएको छ । दुई वर्षअघिसम्म सलिल ढुङ्गेल र सदिक्षा ओझा डिजिटल फ्रिल्यान्सिङ गरिरहेका थिए । घरबाटै विभिन्न कम्पनीकाे काम गर्ने उनीहरूलाई यही क्षेत्रकाे स्वउद्यमी बन्न मन लाग्याे ।त्यसबेला आफ्नै सर्कलभित्रका केही साथीहरु पनि डिजिटल फ्रिल्यान्सिङ गर्न इच्छुक भएको उनीहरुले थाहा पाए । फ्रिल्यान्सरकै रुपमा उक्त क्षेत्रमा संलग्न रहेर काम गरेको आधारमा यसको बजार, अवसर र सम्भाव्यता पनि उनीहरूले राम्रै देखे।

तर फ्रिल्यान्सिङ उद्योगमा ‘ट्रस्ट इस्यु’ अर्थात विश्वासको कमीको समस्या रहेकाे थाहा पाए ।‘फ्रिल्यान्सिङ उद्योगमा ट्रस्ट इस्युको समस्या रहेछ, विशेषगरी पेमेन्टको मामिलामा,’ सलिल भन्छन्, ‘फ्रिल्यान्सरले काम गरिसक्दा पैसा नपाउने । कहिले हायरिङ कम्पनीले भुक्तानी गरिसक्दा पनि फ्रिल्यान्सरले काम नसक्ने । सकेको खण्डमा गुणस्तरीय र अपेक्षित परिणाम ननिकाल्ने समस्या छन् ।’यसैले फ्रिल्यान्सर भएर एक/एक वटा कन्ट्रयाक्ट प्रोजेक्टमा अड्किनुभन्दा फ्रिल्यान्सर र हायरिङ कम्पनीहरुबीच एउटा विश्वासिलो मध्यस्थताकाे काम गर्ने सोचले दुवैले आफ्नो व्यवसायिक आइडिया अगाडि

डिजिटल रुपान्तरणको युगमा व्यापक सम्भाव्यता बोकेको डिजिटल फ्रिल्यान्सिङ उद्योगमा सेवाग्राही र फ्रिल्यान्सरबीच व्यवस्थित मध्यस्थता गर्ने उद्देश्यले सन् २०१९ मा सलिल र सदिक्षाले वर्कहब कम्पनी दर्ता गरी सञ्चालन सुरु गरे ।‘फ्रिल्यान्सिङ गर्न चाहनेहरुसँग आफ्नो कामको मान्छे चिन्ने र प्रोजेक्ट ल्याउन सक्ने क्षमता हुनुपर्छ,’ सलिल भन्छन्, ‘तर धेरै फ्रिल्यान्सरहरूमा यो क्षमताको अभाव छ ।’यसैकारण सलिल र सदिक्षाले वर्कस्पेस प्लेटफर्म निर्माण गरी निश्चित मापदण्ड पुरा गर्ने फ्रिल्यान्सरलाई दर्ता गरी आफ्नो प्लेटफर्ममा जोडिरहेका छन् ।

यसरी भेरिफाइड भएर प्लेटफर्ममा जोडिएका फ्रिल्यान्सरले आफ्नो सेवा र सेवाशुल्क आफैंले तय गरेर राख्न पाउने सलिल बताउँछन् ।अर्कोतिर फ्रिल्यान्सरजस्तै गरी सेवा लिन प्लेटफर्ममा जोडिएका व्यवसायिक कम्पनीहरुले पनि उनीहरुको सेवा र शुल्कलाई तुलना गरी आफ्नो आवश्यकता अनुसारको काम फ्रिल्यान्सरबाट गराउन सक्छन् ।हाल कम्पनीले डिजिटल फ्रिल्यान्सिङका लागि आफ्नो प्लेटफर्ममा पाँच प्रकृतिका काम वर्गीकरण गरेको छ । जसमा ग्राफिक्स एण्ड डिजाइनिङ, एनिमेसनराइटिङ एण्ड ट्रान्सलेसन, प्रोग्रामिङ र डिजिटल मार्केटिङ रहेका छन् ।

media24times

७२ पटक हेरिएको

तपाईको प्रतिक्रिया