शनिबार ०४ बैशाख २०७८

*** यो समाचार को भिडियो अन्तिममा छ ***ईटहरी/ फिल्म ‘म त तिम्रै हुँ’ बाट अभिनेताको रुपमा डेब्यू गरेका आकाश श्रेष्ठको फिल्म ‘रामकहानी’ पछि अभिनेत्री पूजा शर्मासँग नाम जोडिने गरेको छ । फिल्म र म्यूजिक भिडियोमा सहकार्य नटुट्नुले उनीहरु गहिरो प्रेममा रहेको चर्चालाई बल मिले पनि दुवैले यो कुरालाई स्वीकार गरेका छैनन् । यद्यपि, दर्शकहरुले यो जोडीलाई विवाह बन्धनमा बाँधिएको हेर्ने इच्छा व्यक्त गरिरहेका छन् ।यो जोडीले गत वर्षको फागुनमा नै विवाह गर्न लागेको चर्चा चलेको थियो । तर, यसलाई उनीहरुले अफवाह बताएका थिए । अब भने अभिनेता आकाश श्रेष्ठ यसै वर्ष विवाह गर्ने तयारीमा देखिएका छन् । हालै एक टेलिभिजन अन्तर्वार्तामा उनले विवाहका लागि आफ्नो उमेर भएको र परिवारबाट पनि दबाब आइरहेका कारण दर्शकहरुले चाँडै खुसीको खबर सुन्न पाउने बताएका छन् ।****यो समाचार को पुरा भिडियो हेर्न यहाँ तल क्लिक गर्नुहोला*****

१६३ पटक हेरिएको

तपाईको प्रतिक्रिया