काठमाडौं । कोरोना भाइरस र वैश्विक प्रतिबन्धले उत्तर कोरियाको अर्थव्यवस्था डामाडोल भएको छ । जसका कारण उत्तर कोरियाली तानाशाह किम जोंग उन निराश भएका छन् ।त्यसैले पनि उनले अमेरिकासँग आफ्नो सम्बन्ध सुधार्ने जिम्मेवारी आफ्नी बहिनीलाई लगाएका छन् ।उनले सत्तारुढ पार्टीका नेताहरुको एक सभामा देश अप्रत्याशित र अपरिहार्य चुनौतिसँग साम्ना गरिरहेको बताएका हुन् ।जसका कारण विकासको लक्ष्यमा ढिलाई भएको उनले बताएका छन् । उत्तर कोरियाली मिडियाका अनुसार बैठकमा खराब अर्थव्यवसको लागि सबैभन्दा ठूलो कारण प्रतिबन्ध भएको बताइएको छ ।
यो बाहेक बाढी र कोरोना भाइरस महामारीले उत्तर कोरियाको अर्थव्यवस्था दुई दशकमा सबैभन्दा नराम्रो स्थितीमा रहेको छ ।उत्तर कोरियाको यो अवस्थालाई लिएर दक्षिण कोरियाका सांसदहरुले पत्रकारहरुलाई देशको जासूसी एजेन्सीका अनुसार किमले सियोल र वाशिंगटनसँग सम्बन्ध राम्रो बनाउनका लागि आफ्नी बहिनी किम यो जोंगलाई जिम्मेवारी दिएका छन् ।इन्टरनेशनल क्राइसिस ग्रुपमा पूर्वोत्तरु एशिया र परमाणु नीतिका वरिष्ठ सल्लाहकार डुयोन किमले सर्वोच्च नेताको रुपमा किमले आफ्नो अधिकार त्याग्ने र साथै बिस्तारै बिस्तारै गरेर सत्ता जिम्मा लगाउने रणनीतिमा उनी रहेको बताएका छन् ।
एजेन्सीको सहयोगमा
प्रतिकृया दिनुहोस्