मंगलबार १० जेठ २०७९

मेष (चु.चे.चो.ला.लि.लु.ले.लो.अ) :
कीर्तिमानी काम सम्पादन हुन सक्छ । विभिन्न अवसर पाइनेछ । नयाँ कामको सुरुवात खासै राम्रो छैन । कार्यमा हैरानी बढ्न सक्छ । पारिवारिक भेटघाटको समय छ । टाढिएका आफन्तहरू नजिकिनेछन् ।

वृष (इ.उ.ए.ओ.वा.वि.वु.वे.वो) :
गरेका कामबाट धेरैलाई फाइदा पुग्न सक्छ । सामाजिक काममा रुचि बढ्नेछ । सानातिना समस्या आइरहेपनि दिन मनोरञ्जनपूर्ण रहनेछ । पढाइ लेखाइमा प्रगति हुनेछ । बुद्धिको उपयोगले लक्ष्य प्राप्त गर्न सकिनेछ ।

मिथुन (क.कि.कु.घ.ङ.छ.के.को.ह) :
एउटै कामबाट दोहोरो लाभ मिल्नेछ । विशेष योजनाहरू बन्नेछन् । नयाँ ज्ञान सिक्ने मौका छ । पढाइमा प्रगति हुनेछ । आत्मीयजनसँग भेटघाट होला । सरसफाइ, बाग बगैंचा सम्बन्धी काममा आकर्षित होइएला ।

कर्कट (हि.हू.हे.हो.डा.डि.डु.डे.डो) :
नयाँ काममा हात हाल्न केही समय पर्खंनुहोला । गरी आएको कामलाई भने निरन्तरता दिनु होला । पिडा दिनेहरु सक्रिय रहन सक्छन्, एकदमै सावधान रहनु होला । केही कामका अवसर फुत्कने सम्भावना देखिन्छ, सचेत रहनुहोला ।

सिंह (मा.मि.मु.मे.मो.टा.टि.टु.टे) :
भूमि, वाहन र पैत्रिक सम्पत्तिको उपयोगबाट प्रशस्त लाभ उठाउन सकिनेछ । लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ । प्रतिभा देखाएर अवसर हात पार्न सकिनेछ । मनन, ध्यान वा रचनामा रुचि बढ्नेछ । घरमा बसेरै विभिन्न काम सम्पादन गर्न सकिनेछ ।

कन्या (टो.प.पी.पू.ष.ण.ठ पे.पो) :
व्यापारमा फाइदै हुनेछ । काममा माता पिताको सहयोग प्राप्त होला । मेहनतले प्रतिस्पर्धाको दौड जिताउन सक्छ । भौतिक साधन जुट्नेछन् । कृषि तथा पशु व्यवसायबाट लाभ हुने समय छ । प्राकृतिक पर्यावरणमा रमाउने दिन छ ।

तुला (रा.री.रु.रे.रो.ता.ती.तु.ते) :
अरूलाई प्रभावित पारेर काम लिन सकिनेछ । मेहनत गर्दा सफलता प्राप्त होला । व्यवसायका लागि यात्रा सम्भावना छ, दाम्पत्य जीवन सुखद रहला । लामो यात्राको प्रक्रिया अघि बढ्नेछ । प्रयत्न गर्दा लक्ष्यमा पुग्न सकिनेछ ।

वृश्चिक (तो.ना.नि.नु.ने.नो.या.यि.यु) :
अस्वभाविक प्रलोभनले अप्ठ्यारोमा परिएला । यसले आफ्नो स्वतन्त्रतामा बाधा पुर्याउन सक्छ । उद्योग तथा व्यापारमा सामान्य फाइदा मिल्नेछ । साथै सामान्य रोगले सताउला । सहयोगीहरूले हात झिक्नाले केही समस्या थपिने देखिन्छ । धन तत्काल खर्च गर्नुपर्ला ।

धनु (ये.यो.भा.भी.भु.ध.फा.ढ.भे) :
लगानी, दौडधुप, श्रम र प्रयत्नको उचित मूल्य नपाइने समय छ । उत्साहजनक समाचारले हर्ष बढ्नेछ । चिताएको काम पुरा नहुन सक्छ । समझदारी बढ्न सक्छ । कृषि तथा पशुपालनमा खर्च बढ्नेछ ।

मकर (भो.जा.जी.जू.जे.जो.ख.खि.खु.खे.खो.गा.गी) :
आश मारेको काम बन्नाले उत्साह जाग्नेछ । सानो प्रयत्नले ठूलो काम सम्पादन हुनेछ । आम्दानी बढ्नुका साथै भौतिक साधन जुटाउन सकिनेछ । नयाँ सवारी साधन प्राप्तिको योग छ । दीर्घकालीन रूपमा फाइदा हुने काममा हात हाल्ने समय छ । तार्किक क्षमता बढ्नेछ ।

कुम्भ (गु.गे.गो.सा.सी.सु.से.सो.द) :
धार्मिक अनुष्ठान र मंगलमय काम सम्पादन हुन सक्छन् । व्यवसायमा लाभ होला । कार्यमा पनि प्रशस्तै फाइदा हुनेछ । गुरुजनको विशेष सहयोग जुट्नेछ । अवसरले पछ्याउनेछन् भने बोलीको प्रभाव पनि बढ्नेछ । धनलाभ होला ।

मीन (दी.दु.थ.झ.ञ.दे.दो.च.ची) :
निश्चय भएको काम अचानक बिग्रन सक्छ । साथीभाइबाट धोका होला । आश्वासन दिएर झुक्याउनेहरूले सताउनेछन् । गोपनीयतामा ध्यान दिँदै सचेत रहनुहोला । पुरानो समस्याले केही झमेला आइलाग्न सक्छ । दाम्पत्य सम्बन्धमा पनि केही नराम्रो होला ।

४५ पटक हेरिएको

तपाईको प्रतिक्रिया