सोमबार २७ बैशाख २०७८

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ

यो पनि पढ्नुहोला

त्यस्तै ५० मेगापिक्सेलको अल्ट्रा वाइड एंगल सेन्सर रहेको छ । २ मेगा पिक्सेलको मोनोक्रोम सेन्सर रहेको छ । सेल्फीका लागि फोनमा १६ मेगापिक्सेलको सोनी क्यामेरा उपलब्ध छ ।

यो फोन फाइभजी र फाेरजी दुवै भेरियन्टमा उपलब्ध छ ।फोनले वाइफाई सिक्स सपोर्ट गर्ने उल्लेख छ । ४५०० एमएएच क्षमताको ब्याट्री रहेको फोनमा ६५टी फास्ट चार्जिङ रहेको छ । भने, १५ वाटको क्युआई वायरलेस चार्जिङ सेमत रहेको छ ।

वानप्लस ९ प्रोवानप्लस ९ प्रो पनि एन्ड्रोइड ११ मा आधारित अक्सिजन ओएस ११ का साथमा आएको छ । ६.७ इन्चको क्युएचडी एमलोड डिस्प्ले रहेको फोनको डिस्प्लेमा १२० हर्जको रिफ्रेस रेट रहेको छ । जसले सामान्य स्मार्टफोनको तुलनमा ५० प्रतिशत पावर खपत कम गर्नेछ ।

साथै फोनको स्क्रिनमा हाइपर टच सर्पोट उपलब्ध रहेको छ । जसले गर्दा टच रेस्पोन्सिभ रेटलाई बढाउने छ । कम्पनीले पब्जी, कलअफ ड्युटी, लिगअफ लेजेन्डजस्ता गेम खेल्दा आवश्यक पर्ने मल्टिपल स्क्रिन टचलाई ध्यानमा राखेर यो सुविधा ल्याएको हो ।

क्वालकम स्न्यापड्रयागन ८८८ चिपसेटमा आधारित फोन ८ जीबी र १२ जीबी र्‍याम र १२८ र २५६ जीबी इन्टरनल मेमोरी (रोम) भेरियन्टमा उपलब्ध छ । क्वार्ड (४ वटा) क्यामेरा सेटअपका साथमा आएको फोनमा ४८ मेगापिक्सेल सोनीको प्राइमेरी सेन्सर रहेको छ ।

५० मेगापिक्सेलको अल्ट्रा वाइड एंगल सेन्सर रहेको छ । फोनमा ८ मेगापिक्सेलको टेलिफोटो सुटर र २ मेगापिक्सेलको मोनोक्रोम सेन्सर रहेको छ । सेल्फीका लागि फोनमा १६ मेगापिक्सेलको सोनी क्यामेरा उपलब्ध छ ।

यो फोन पनि फाइभजी र फाेरजी दुवै भेरियन्टमा उपलब्ध छ । भने, फोनले वाईफाई सिक्स सपोर्ट गर्ने उल्लेख छ । ईन डिस्प्ले फिङ्गरप्रिन्ट सेन्सर रहको फोनमा ४५०० एमएएच क्षमताको ब्याट्री रहेको छ। जसले वार्प चार्ज ६५टी र ५०टी वायरलेस फास्ट चार्जिङ सर्पोट गर्नेछ ।

वानप्लस ९ आरअन्य फोन जस्तै वानप्लस ९ आर पनि एन्ड्रोइड ११ मा आधारित अक्सिजन ओएस ११ का साथमा आएको छ । कम्पनीको सस्तो फोनका रुपमा आएको यो फोनमा ६.५ इन्चको फुल एचडी डिस्प्ले रहेको छ । डिस्प्लेमा १२० हर्जको रिफ्रेस रेट रहेको छ ।क्वालकम स्न्याड्रयागन ८७० चिपसेट

रहेको यो फोन ८ जीबी र्‍याम र १२८ जीबी रोम भेरियन्टमा उपलब्ध छ । क्वार्ड क्यामेरा सेटअप रहेको फोनमा ४८ मेगापिक्सेलको प्राइमेरी क्यामेरा रहेको छ ।

४५०० एमएएच क्षमताको ब्याट्रीका साथ आएको फानेले वार्प ६५ फास्ट चार्जिङ सपोर्ट गर्नेछ ।याे सिरिज नेपाली बजारमा पनि छिट्टै भित्रिने अनुमान गरिएकाे छ । भारतीय बजारमा यी फाेनकाे मूल्य यसप्रकार रहेकाे छ ।

euonlinekhabar

 

२१ पटक हेरिएको

तपाईको प्रतिक्रिया