शुक्रबार ३१ बैशाख २०७८

एजेन्सी । भारतमा कोरोना भाइरस संक्रमित दर दिनहुँ बढ्दो छ । पछिल्लो २४ घण्टामा ९२ हजार ९०० भन्दा बढीमा संक्रमण पुष्टि भएको छ । अघिल्लो दिन ८९ हजार १९ जनामा संक्रमण देखिएको थियो ।

यस्तै‚ पछिल्लो २४ घण्टामा भारतमा ५४० जना कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै‚ सोही अवधिमा विश्वमै सबैभन्दा बढी ब्राजिलमा १ हजार ९३१ जना संक्रमितको मृत्यु भएको छ । यस्तै‚ ४१ हजार नयाँ संक्रमित पहिचान भएको छ ।

अमेरिकामा थप ६४ हजारमा कोरोना संक्रमण पुष्टि हुँदा ७९० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा पोल्यण्डमा ५७१, रुसमा ३८४, इटलीमा ३७६, टर्कीमा १८६ जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

यस्तै‚ पछिल्लो २४ घण्टामा टर्कीमा ४४ हजार ७५६, इटलीमा २१ जना संक्रमित भेटिएका छन् । योसहित गरी विश्वभर एकै दिन ५ लाख २३ हजार संक्रमित थपिएका छन् ।

विश्वमा कुल संक्रमितको संख्या १३ करोड १३ लाख २७ हजार ८३३ पुगेको छ । १० करोड ५७ लाख १७ हजार ३१४ जना कोरोना संक्रमणमुक्त भएका छन् । २८ लाख ५८ हजार २३१ जनाले कोरोनाका कारण ज्यान गुमाएका छन् ।

news18nepal

६१ पटक हेरिएको

तपाईको प्रतिक्रिया