Tuesday, October 27

बिष्णु माझिलाई फेल खुवाउने आवाज ! भिडियो हेर्नुस ….

August 21, 2020 77

भिडियो तलको समाचारको अन्त्यमा राखिएको छ, पुरा हेर्नुहोला

यो पनि पढ्नुहोस

भदौ ४, काठमाडौँ । कोरोना संक्रमितको संख्या देशभर बढेसँगै राजधानी काठमाडौंमा पनि दैनिक कोरोना संक्रमित हुनेको संख्या बढिरहेको छ । काठमाडौं उपत्यकाको काठमाडौं महानगरपालिका भित्रमात्र १ हजार १ सय ९९ जना संक्रमित भएका छन् । महानगरपालिका स्रोतका अनुसार महानगरका सबै ३२ वटै वडामा संक्रमित फेला परेका छ । यो तथ्यांक गत मंगलबारसम्मको हो ।

काठमाडौंस्थित विभिन्न प्रयोगशालामा भएको कोरोना परीक्षणको रिपोर्ट बिहीबार बेलुकासम्म महानगरमा नपुगेकाले हामीले मंगलबारसम्मकोमात्र तथ्यांकलाई यहाँ प्रस्तुत गरेका हौं । बुधबाबार काठमाडौं जिल्लामा १३७ जना र बिहीबार १७४ जना नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । तर, यी दुई दिनको रिपोर्ट महानगरमा नपुगेकाले काठमाडौं महानगरपालिकाको बिहीबारसम्मको तथ्यांक प्राप्त गर्न सकिएन ।

सबैभन्दा धेरै महानगरको वडा नम्बर ३२ कोटेश्वरमा संक्रमित भएका छन् । महानगरपालिकाको गएको मंगलबारसमम्को तथ्यांक अनुसार कोटेश्वरमा ९२ जना संक्रमित छन् । यस्तै वडा नम्बर ३ को महाराजगञ्ज क्षेत्रमा ७१ जना संक्रमित रहेको महानगर स्रोतले जनाएको छ । वडा नम्बर १४ कलंकी क्षेत्रमा ६७ जना संक्रमित छन् भने वडा नम्बर १६ को बालाजु क्षेत्रमा ६३ जना संक्रमित छन् । यस्तै वडा नम्बर २७ को इनबाहाल क्षेत्रमा ५० जना संक्रमित छन् ।

महानगर भित्र हाल होम आइसोलेशनमा बस्नेको संख्या ३४२ छ । यस्तै ७ जनाको मृत्यु भइसकेको छ । एकजना संक्रमित हालसम्म सम्पर्कमा नआएको महानगरपालिका स्रोतले जनाएको छ । काठमाडौं ठेगना भएकी संक्रमित युवती सम्पर्कमा नआएको महानगर स्रोतले जानकारी दियो । बाँकी संक्रमित भने काठमाडौंका विभिन्न अस्पतालमा छन् ।

यस्तै महानगरपालिकाका अनुसार महानगरपालिका भित्र ठेगाना नखुलेका १६४ जना संक्रमित छन् ।

प्रतिकृया दिनुहोस्