Sunday, January 24

एक जना संक्रमित भेटाउन एक लाख चार हजार खर्च’

August 21, 2020 81

धनगढी : सरकारले नेपालमा एक जना संक्रमित भेटाउन एक लाख चार हजार खर्च भईरहेको जनाएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले एकजना संक्रमित भेटाउन सरकारले १ लाख ४ हजार ६ सय ३० रुपैयाँ खर्च गरेको बताएका हुन्।

गौतमका अनुसार सरकारले कोरोना भारइसको पिसिआर परीक्षणको लागि अहिले सम्म तीन अर्ब बढी खर्च गरेको छ। प्रवक्ता गौतमले पिसिआर परीक्षणको लागि सरकारले तीन अर्ब १८ करोड ९४ लाख ४४ हजार ५ सय रुपैयाँ खर्च गरेको बताए।

नेपालमा अहिले सम्म पाँच लाख ७९ हजार आठ सय ९९ जनाको पिसिआर परीक्षण भएको छ।

सरकारले एकजनाको पिसिआर परीक्षणका लागि पाँच हजार पाँच सय रुपैयाँ रकम खर्च गर्दै आएको छ।

 

प्रतिकृया दिनुहोस्