Sunday, November 29

तीजको दिनमा ब्रत बस्न थालेको ५–६ बर्ष भयो पानी पनि नखाई ब्रत बसेकी छुः नायिका वर्षा राउत

August 21, 2020 30

नायिका वर्षा राउतले तीजको दिनमा ब्रत बस्न थालेको ५–६ बर्ष भयो । तर, बिहे गरेपछि भने उनको ब्रत बस्ने तरिका बदलिएको छ । रातो सारीमा सजिएकी वर्षाले अनलाइनखबरसँग भनिन्–‘बिहे अगाडि त पानी खाएर ब्रत बसेकी थिएँ । तर, गतबर्षदेखि भने पानी पनि नखाई ब्रत बस्न थालेकी छु ।’

वर्षाका अनुसार, उनले बेलुकी पूजा गरेपछि पानी र जुस पिउनेछिन् । तर, अन्न भने भोली बिहान मात्र खाने उनको भनाई छ । निषेधाज्ञाका कारण वर्षा माइतीघर जान पाइनन् । घरमै परिवारसँग रमाइलो गर्दै तीज मनाइरहेको उनले बताइन् ।

आज नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज हो । यो पर्वको अवसरमा देश तथा विदेशमा रहेका धेरै महिलाहरु ब्रत बसिरहेका छन् । विवाहित महिलाले श्रीमान्को लामो आयूको कामना गर्दै ब्रत बस्ने गर्छन् भने कतिपयले ब्रत बस्दा स्वास्थ्य पनि राम्रो हुने भन्दै ब्रत बस्छन् ।

 

नायिका वर्षा राउतले तीजको दिनमा ब्रत बस्न थालेको ५–६ बर्ष भयो । तर, बिहे गरेपछि भने उनको ब्रत बस्ने तरिका बदलिएको छ । रातो सारीमा सजिएकी वर्षाले अनलाइनखबरसँग भनिन्–‘बिहे अगाडि त पानी खाएर ब्रत बसेकी थिएँ । तर, गतबर्षदेखि भने पानी पनि नखाई ब्रत बस्न थालेकी छु ।’

वर्षाका अनुसार, उनले बेलुकी पूजा गरेपछि पानी र जुस पिउनेछिन् । तर, अन्न भने भोली बिहान मात्र खाने उनको भनाई छ । निषेधाज्ञाका कारण वर्षा माइतीघर जान पाइनन् । घरमै परिवारसँग रमाइलो गर्दै तीज मनाइरहेको उनले बताइन् ।

आज नेपाली महिलाहरुको महान् पर्व हरितालिका तीज हो । यो पर्वको अवसरमा देश तथा विदेशमा रहेका धेरै महिलाहरु ब्रत बसिरहेका छन् । विवाहित महिलाले श्रीमान्को लामो आयूको कामना गर्दै ब्रत बस्ने गर्छन् भने कतिपयले ब्रत बस्दा स्वास्थ्य पनि राम्रो हुने भन्दै ब्रत बस्छन्।#onlinekhabar

प्रतिकृया दिनुहोस्