Thursday, October 29

व्रत, म पनि बस्छु, तर राताे सारी र चुरा लगाउन पाउँदिन……

August 21, 2020 140

दर खाने दिन, अपराह्न ४ बजेतिर हल्का पानी परिरहेकाे छ। निषे धाज्ञाका कारण शून्यप्राय: लाजिम्पाट सडकमा ट्राफिक प्रहरीकाे वर्दी, टाेपी अनि फेस शिल्डमा भेटिइन् ट्राफिक प्रहरी पुष्पा जीसी।

अधिकांश हि न्दू दिदीबहिनीहरु बेलुकाकाे दरका लागि घरघरमा तयारी गरिरहँदा सुर्खेत घर भएर २०७३ सालमा ट्राफिक प्रहरीमा भर्ना भएकी पुष्पा सँगै ड्युटीमा रहेका सशस्त्र प्रहरीका दुई पुरुष सहकर्मीसरह उत्तिकै कर्तव्य निष्ठ हिसाबले सडकमा ड्युटीमा खटिएकी थिइन्। तीजकाे माहाेलमा ड्युटी गरिरहँदा उनकाे अनुहारमा कुनै ग्ला नि भाव थिएन।

नि षेधा ज्ञाका बीच ड्युटी र तीजकाे माहाेल दुवैलाई जाेडेर कुरा गर्ने अनुमति पाएपछि हामीले साेध्याैँ, ‘तीजकाे बेला अन्य दिदीबहिनीहरु दर र रमाइलाेकाे तयारीमा जुटिरहँदा तपाइँ यसरी ड्युटीमा ख टिनु परेकाे छ, कस्ताे लागिरहेछ?’

हाम्रा प्रत्येक प्रश्नकाे जवाफ सटिक हिसाबले सरर दिँदै थिइन् उनी।

प्रहरीलाई के दशैं कुन तिहार भने झैं महिला दिदीबहिनीहरुले नाचगान र रमाइलाे गर्दा व्यवस्थापन गर्नुपर्ने भएकाले त्यही हेरेर नै रमाउने गरेकाे उनले सुनाइन्। ‘प्रहरी सेवामा जागिर खाएपछि दशैं तिहार तीज केही भन्न मिल्दैन। सामान्य अवस्थामा बिदा मिल्याे भने सबै सरह तीज र अन्य चाड मनाउन पाइन्छ। मनभित्र त तिनै दिदीबहिनी सँगै गएर छमछम नाचाैँ जस्ताे चाहिँ पक्कै लाग्छ।’

‘दरकाे कार्यक्रम के कसाे छ?’ हामीले साेध्याैँ।

‘अघिल्ला वर्षहरुमा दर खाने दिन अफिसमा बि दा पाइन्थ्याे। हाम्रा सिनियर सरहरुले नै हाम्रा लागि तीज विशेष कार्यक्रम राखिदिनुहुन्थ्याे। तर यसपाली काेभिड-१९ का कारण परिस्थिति गम्भीर छ’, उनले सुनाइन्।

यसाे भन्दै गर्दा अघिल्ला वर्षहरुमा तीजकाे केही दिनअघिदेखि नै महिला सहकर्मीहरु एक आपसमा मिलेर ड्युटी आवर सकिएपछि दर खाएर रमाइलाे गरेकाे उनले सम्झना गरिन्। घर जान नपाए पनि र बि दा नपाइए पनि एक आपसमा मिलेर चाड मनाउने गरेकाे सुन्दा हामीलाई पनि खु शी लाग्यो।

‘तपाइँले अ न्तिम पटक सामान्य नागरिक (राष्ट्रसेवक प्रहरीका रुपमा हाेइन) का रुपमा कहिले तीज मनाउनुभएकाे थियाे?’ भन्ने हाम्राे जिज्ञासामा उनले भनिन्, ‘चार वर्षअघि म प्रहरी सेवामा प्रवेश गरेकाे वर्ष आफन्त साथीसँगी तथा घरपरिवारसँग बसेर तीज मनाएकाे थिएँ। मैले यो सेवा नै तिजको भोलिपल्ट सुरु गरेकी हुँ।’नेपालीपत्रिकाबाट

प्रतिकृया दिनुहोस्