बिहिबार ३० बैशाख २०७८

काठमाडौ । मोरगंको उर्लावारी ४ का मोहन राजवंशीको श्रीमतीलाई दोस्रो विवाह गरी लगेको भन्दै आशंका गरिएका युवकको श्रीमती पनि मिडियामा सार्वजनिक भएकी छन् । उनले भिडियो सार्वजनिक भएपछि आफ्ना श्रीमानलाई ल गाएको आ रो प सहि हो की भन्ने आशंका उब्जिएको बताएकी छन् । आफ्ना श्रीमान पनि केही दिन देखि सम्पर्क विहिन भएको उनको भनाई छ । १२ वर्ष साउदीमा बसेर पसिना बगाएका मोहन घर फर्कदा उनको श्रीमती घरमा थिइनन् ।

विवाह भएको वर्षौ पछि वुढेसकालमा श्रीमती हराएपछि अहिले उनका श्रीमान रुँदै मिडियामा सार्वजनिक भएका थिए । उनी सार्वजनिक भएर श्रीमती लगेको आशंका गरिएका युवाको नाम लिए पछि उनको श्रीमती पनि  सार्वजनिक भएकी हुन् । उनले पनि आफ्ना श्रीमान हराएको बताएकी छन् । उनले आफ्ना श्रीमानको बारेमा कहिल्यै शंका नगरेको बताएकी छन् ।

उनी गर्भवती अवस्थामा छन् । यस्तो अवस्थामा श्रीमानले पी डा दिएको महिलाको भनाई छ । जिवन परियारको श्रीमतीले आफ्नो श्रीमान हराएको भन्दै सार्वजनिक भएकी हुन् । २० गते विहिवार पैसा लिन भन्दै धरान गएका श्रीमान अहिले सम्म फर्केका छैनन् । यता मोहनको छोरी आएर हाम्रो आमा पनि हराउनुभयो अंकल घर हुनुहुन्छ की हुनुहुन्न भन्दै सोध्न आएको जिवनको श्रीमतीले बताएकी छन् ।

मलाई त अहिले सम्म त्यस्तो शंका थिएन, जुन दिन आफ्नै आँखाले दुई जना जोडी भएको देख्छु त्यो दिन मात्र विश्वास गर्छु उनले भनिन् । ५ महिनाको गर्भवती छन् भने ८ वर्षको अर्का छोरा छन् । यस्तो अवस्थामा छोडेर श्रीमान हराएपछि उनी एक कल फोन आए पनि हुन्थ्यो भन्दै कुरेर बसेकी छन् । आफ्नो श्रीमानले ति महिलालाई दिदी भनेर सम्बोधन गर्ने गरेको पनि बताएकी छन् ।

संगै घाँस दाउरा गर्न जान्थ्यौं तर कहिल्यै शंका लागेन उनले भनिन्, उहाँका विवाह गर्ने उमेरका छोराछोरी छन्, त्यस्तो मान्छेलाई मैले कसरी शंका गर्नु ? यता मोहनले भने उनले दुखमा साथ दिएकी श्रीमती पोइला गएकै भएपनि फर्केर आए आफुले स्वीकार गर्ने बताएका छन् ।

एक साता अघि विदेशवाट नेपाल आएका मोहनले अहिले पनि श्रीमतीलाई फर्केर आउन आग्रह गरेका छन् । बैंकको ब्यालेन्स सकेको र घरमा भएको गरगहना सबै लिएर गएको छोराछोरीले नै बताएका छन् । उनका श्रीमानले पनि अब उनी आफुसंग भन्दा अर्कैसंग खुसी हुने भए उतै जान भन्दै आफ्नो सम्पत्ती भने फिर्ता दिन आग्रह गरेका छन् । यदि श्रीमती फिर्ता आउन चाहे स्वीकार गर्ने पनि बताएका छन् ।

tufanmedianews

३३ पटक हेरिएको

तपाईको प्रतिक्रिया