Monday, January 25

नीजि अस्पतालमा कोरोना संक्रमितको उपचार खर्च अब सरकारले व्यहोर्ने

August 21, 2020 146

काठमाडौं । अब नीजि अस्पतालमा कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने भएको छ । बिहिबार साँझ बसेको मन्त्रीपरिषद बैठकले निजी अस्पतालमा पनि कोरोना संक्रमितको उपचार खर्च सरकारले व्यहोर्ने निर्णय गरेको हो । कोरोनाको संक्रमण दर निरन्तर बढ्दै गएपछि सरकारले नीजि अस्पतालमा कोरोनाका विरामी उपचार गराउने र त्यहाँ लागेको न्यूनतम खर्च सरकारले व्यहोर्ने निर्णय गरेको स्रोतले जनाएको छ ।

यस्तै स्थानीय तहहरूमा क्वारेन्टाइनको संख्या विस्तार गर्ने निर्णय पनि बैठकले गरेको छ । अस्पताल भरिभराउ हुने सम्भावना भएकाले बिरामीको उपचारका लागि निजी अस्पतालमा लाग्ने खर्च सरकारले व्यहोर्ने निर्णय गरेको छ एक मन्त्रीले जानकारी दिए । काठमाडौ उपत्यकामा संक्रमणको दर बढेसँगै सरकारले यस्तो निर्णय गरेको बुझिएको छ ।

यो पनि -कोरोनाले निन्द्रा लुटेको काठमाडौँबासीलाई अर्को दुखद खबर

काठमाडौँ। उपत्यकामा जारी निषेधाज्ञा गरेकै दिनदेखि तरकारी र फलफूल मूल्य झन्डै ८० प्रतिशतसम्म वृद्धि भएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबारको तुलनामा बिहीबार मुख्य तरकारीको भाउ थोकमै १० देखि ८० प्रतिशतसम्म महँगो भएको छ ।

बजारमा तरकारीको आपूर्ति सामान्य भए पनि माग बढी भएकाले मूल्य बढेको हुनसक्ने अनुमान समितिले गरेको छ । समितिका अनुसार कालीमाटी बजारमा बुधबारका लागि ४७६ मेट्रिक टन तरकारी भित्रिएकोमा बिहीबारका लागि छ सय मेट्रिक टन तरकारी भित्रिँदासमेत भाउ बढेको छ ।

समितिका अनुसार बुधबार प्रतिकेजी १६५ रुपैयाँ थोकमा बिक्री भएको कागती बिहीबार २९५ रुपैयाँमा किनबेच भइरहेको छ भने प्रतिकेजी ५६ रुपैयाँ थोकमा कारोबार भएको गोलभेँडा ७० रुपैयाँ भएको छ । यस अवधिमा करेला प्रतिकेजी २२ रुपैयाँबाट ३० रुपैयाँ, तामा प्रतिकेजी ९० रुपैयाँ थोक मूल्यबाट ११० रुपैयाँ पुगेको छ । ं गोरखापत्रमा खबर छ ।

यस्तै तनेबोडी प्रतिकेजी ९५ रुपैयाँ थोक मूल्य बढेर ११० रुपैयाँको पुगेको समितिले जनाएको छ । यी तरकारीको भाउ खुद्रा बजारमा अझै छोइ नसक्नुछ । एक दिनमै ८० प्रतिशतसम्म तरकारी महँगो हुनु तरकारी व्यापारीको कालोबजारी भएकाले अनुगमन गरेर कारबाही गरिनुपर्ने बताइएको छ ।

 

प्रतिकृया दिनुहोस्