सोमबार ०६ बैशाख २०७८

काठमाडौँ । विदेशमा भएका पति मोहन राजवंशीले मज्जाले घरमा पत्निको नाममा पैसा पठाइरहे । मोरगंको उर्लावारी ४ का मोहन १२ वर्ष साउदीमा बसेर पसिना बगाए पत्निलाई मनग्य पैसा पठाए । तर उनको विश्वासलाई तोडेर उनकी पत्नि भने परपुरुषको प्रेममा परिन् ।

पतिले विदेशबाट पठाएको पैसा उनले अर्का पुरुषलाई खुरु खुरु दिने क्रम चलिरह्यो । र अन्तत उनी तिनै पुरुषसँग भागिन् । मोहनका घरमा २४ वर्षकी छोरी,  दुई छोरा मध्य एक छोरा २२ र अर्का १४ वर्षका नानी बाबुहरुलाई छाडेर उनी अर्का पुरुषसँग भागेपछि अहिले मोहनको घरमा रुवाबासी चलेको छ । विवाह भएको वर्षौ पछि वुढेसकालमा श्रीमती हराएपछि अहिले उनका श्रीमान रुँदै मिडियामा सार्वजनिक भएका छन् ।

उनले दुखमा साथ दिएकी श्रीमती पोइला गएकै भएपनि फर्केर आए आफुले स्वीकार गर्ने बताएका छन् । छोराछोरी घरमै हुँदा आमा हिडेकी हुन् । छोराछोरीले माघमा आमाको ब्यवहार देखेर शं का गरेका थिए । उनीहरुले आमालाई सोधे ।

एक जना साथीको बुवाले कान्छो छोरालाई बोलाएर आमाको बारेमा सुनाएका थिए । तेरो आमाले अर्कै पुरुषलाई भेट्ने गरेको हामीले देखेका छौं भनेर कान्छा छोरालाई सुनाइदिएपछि उनीहरुले यो कुरा बुबालाई भनेता पनि बुबाले सुरुमा पत्याएनन् । र अन्तत पत्निले धोका दिएर सबैलाई रुवाएर घर छाडिन् र आजको यो अवस्थामा पुर्याइन् । मोहन सुरुदेखि अन्तितमसम्म धरधर्ती रोएका छन् । हेर्नुहोस् भिडियो

tufanmedianews

७१ पटक हेरिएको

तपाईको प्रतिक्रिया