Wednesday, October 21

मासु र अण्डा, अण्डाबाट कोरोना सर्दैन (प्रेस बिज्ञप्ति सहित हेर्नुहोस् )

August 21, 2020 116

काठमाडौँ । तपाईको मासु र अण्डा खाने बानी छ र कोरोना कहरको समयमा यि सबै पौष्टिक आहारबाट पनि कोरोना सर्छ भन्ने त्रासले खान छाड्नु भएको त छैन ?

यदी त्यस्तो हो भने ढुक्क भएर यि पौष्टिक आहाराहरु खाँदा हुन्छ किनकी यसबाट कोरोना सर्दैन ।

पशु सेवा विभागले कुखुराको मासु र अण्डाबाट कोरोना भाइरस नसर्ने स्पष्ट पारेको छ ।

विभागले आज एक विज्ञप्ति जारी गर्दै कुखुराको मासु र अण्डाको नियमित सेवन गरेमा कोरोना भाइरसविरुद्ध लड्न सक्ने रोग प्रतिरक्षा क्षमता बढाउने भन्दै विभागले यस्ता अफवाहको पछि नलाग्न अनुरोध गरेको छ ।

 

प्रतिकृया दिनुहोस्