शुक्रबार १० बैशाख २०७८

काठमाडौं । साबिक नेकपाभित्र अन्तरविरोध बढेसँगै सरकार ढल्ने खतरा देखिएपछि गत पुस ५ गते प्रतिनिधिसभा विघटन गरेका प्रधानमन्त्री ओलीले संसदीय अंकगणित आफ्नो पक्षमा नभए फेरि संसद विघटन गरेर मध्यावधि चुनावमा जाने संकेत गरेका छन् ।

नेकपा माओवादी केन्द्रले सरकारलाई दिइरहेको समर्थन फिर्ता लियो भने राजीनामा दिने बताएका ओलीले फेरि पुस ५ को स्थिति आउन सक्ने स्पष्ट पारेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा शनिबार सडक उदघाटन कार्यक्रमलाई सम्वोधन गरेका प्रधानमन्त्री ओलीले फेरि ताजा जनादेशका लागि जानुपर्ने परिस्थिति आउन सक्ने बताए ।

संसदको अंकणितले साथ दिएन भने फेरि ताजा जनादेशमा जानुपर्ने बताएका प्रधानमन्त्री ओलीले माओवादीले समर्थन फिर्ता गरेपछि आफ्नो राजीनामा आइहाल्ने बताए ।

आफ्नो राजीनामा दिनहुँ माग्ने काम भइरहेको बताउँदै ओलीले ठट्यौली पारामा भने, ‘मागैपिच्छे म कसरी दिन सक्छु भनेको ! एउटाले माग्दैन, दुईटाले माग्दैन । एकदिन माग्दैन, दुई दिन माग्दैन । माग्या छ माग्या छ । दिनैपिच्छे एक एक वटाले राजीनामा माग्छ !’

news18nepal

४४ पटक हेरिएको

तपाईको प्रतिक्रिया