शुक्रबार ३१ बैशाख २०७८

एजेन्सी । कोरोना संक्रमण बढ्दै गएसँगै इटालीमा तीनदिन लकडाउन घोषणा गरिएको छ । इस्टरलाई मध्यनजर गर्दै इटालीले कडा लकडाउन लागू गर्ने निर्णय गरेको हो ।

दैनिक करिब २० हजार जनामा कोरोना भाइरस संक्रमण देखिँदै कोरोनाको तेस्रो लहरसँग जुध्दै गरेकोले इटालीले सबै क्षेत्रलाई ‘रेड जोन’मा राखेको छ । जस अनुसार अत्यावश्यक बाहेक अन्य सबै गतिविधिमाथि रोक लगाइएको छ ।

क्याफे र रेष्टुराँहरुमा टेक अवे सर्भिसमात्रै उपलब्ध हुनेछन् । इस्टरको दिन भने मानिसहरुलाई हिँड्ने छुट दिइनेछ । तर आफ्नो क्षेत्रमा रहेका नातेदारहरु कहाँ मात्रै उनीहरु जान पाउनेछन् ।

धेरै टाढा यात्रा गर्न पाउने छैनन् । घरमै दुई जना पाहुनसँग भने खाना खान छुट दिइएको छ । चर्चहरु पनि खुला नै रहनेछ तर प्रार्थना गर्न पुग्नेहरुलाई आफ्नो क्षेत्रको चर्चमा मात्रै जान र टाढा यात्रा नगर्न भनिएको छ ।

news18nepal

६८ पटक हेरिएको

तपाईको प्रतिक्रिया