काठमाडौँ । पछिल्ला दिनमा सामाजिक काममा पनि सक्रियता बढाएका लोकप्रिय हुन् नायक पल शाह । संसारलाई थकित तुल्याएको कोरोनाको कहर नेपालमा पनि बढीरहेका बेला पल भने थाकेका छैनन् ।
लकडाउन सुरु भए लगत्तै चलचत्रि क्षेत्रमा क्रियाशिल प्राविधिकहरुलाई ५ लाख बढीको खाद्यान्न सहयोग गरेका पलले पछिल्ला दिनमा संक्रमणको दर बढेसँगै सहयोग अभियानलाई झनै तिब्र पारेका छन् ।
लकडाउनको समयमा काठमाडौँ केन्द्रित सहयोग गरेका पल अहिले भने कालिकोटका बाढी पहिरो पिडित ४० घर परिवारलाई सिरक–डसना, खाद्यान्न सामाग्री वितरण गर्ने योजनामा रहेको उक्त यूनिटमा रहेका एक सदस्यले ओएस नेपाललाई जानकारी दिए ।
पल शाह प्रतिष्ठान र उनको हाम्रो टिम नेपालको सहकार्यमा कालिकोटका प्राकृतिक प्रकोप प्रभावितहरुलाई सहयोग गर्न लागिएको हो ।
बुधबार नै कालीकोटका लागि राहात लिएर निस्केको पलको टिमले सम्भव भएसम्म कालिकोटमा राहत वितरण सकेर आछाम पनि पुग्ने योजना बनाएको छ । केही दिन अघि मात्रै कालिकोटमा बाढी पहिरोका कारण ठूलो जनधनको क्षती भएको थियो ।
e
प्रतिकृया दिनुहोस्