शुक्रबार ३१ बैशाख २०७८

काठमाडौं । नेकपा एमालेभित्रको विवाद उत्कर्षमा पुगेका बेला राष्ट्रपति विद्यादेवी भण्डारीले वरिष्ठ नेता झलनाथ खनाल पार्टी एकता जोगाउन आग्रह गरेकी छन् । शनिबार नेता खनालको निवास डल्लुमा राष्ट्रपति भण्डारी र खनालबीच करिव एक घण्टासम्म भएको भेटवार्ता उनले यस्तो आग्रह गरेकी हुन् ।

भेटवार्तामा राष्ट्रपति भण्डारीले नेता खनालको स्वास्थ्य अवस्था बारे चासो राख्दै नेकपा एमालेभित्र देखिएको विवाद बारे चिन्ता प्रकट गरेकी थिइन् । भेटपछि नेता खनालले राष्ट्रपति भण्डारी आफ्नो निवासमा आएर समसामयिक विषयमा कुराकानी गरेको जानकारी दिए ।

भेटमा नेता खनालले आफ्नो स्वास्थ्य सामान्य नै रहेको भन्दै आफ्नो स्वास्थ्य भन्दा देशको बढी चिन्ता रहेको राष्ट्रपतिलाई जानकारी गराएका थिए । राष्ट्रपति भण्डारीले इतिहासविद् महेशराज पन्तको घरमा जाने क्रममा नेता खनालसँग भेटघाट गरेकी थिइन् ।

news18nepal

७६ पटक हेरिएको

तपाईको प्रतिक्रिया