सोमबार ०६ बैशाख २०७८

काठमाडौं । सोरु गाउँपालिकाको पातीहाल्नामा जिप दुर्घटना हुँदा १ जनाको ज्यान गएको छ भने ५ जना घाइते भएका छन् । सोरु गाउँपालिकाको सिपगाउँदेखि यात्रु बोकेर गमगढीका लागि छुटेको ग ३ च ११६८ नम्बरको जिप दुर्घटना हुँदा एक जनाको ज्यान गएको हो ।

गाउँपालिका–७ की ३० वर्षीय गिरकला बुढाको घटनास्थलमै ज्यान गएको र ५ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । दुर्घटनामा घाइते हुनेहरुमा सोरु गाउँपालिका–७ का २८ वर्षीय दल बुढा र रत्न विष्ट रहेका छन् ।

त्यस्तै छायाँनाथरारा नगरपालिका–१ का ४८ वर्षीय कुलबहादुर मल्ल, वर्षीय २१ गोविन्द विष्ट, २५ वर्षीय ललिजंग बुढा रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । घाइतेलाई एल्बुलेन्स मार्फत उद्धार गरी जिल्ला अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

जिप ३ सय मिटर तल खसेको प्रहरीको भनाइ छ । उद्धारका लागि जिल्ला प्रहरी कार्यालय र कालै प्रहरी चौकीबाट सुरक्षाकर्मी खटाइएको थियो । घाइते ५ जनामध्ये २ जनाको अवस्था गम्भीर छ भने अन्य ३ जना समान्य रहेको जिल्ला अस्पतालले जनाएको छ ।

news18nepal

५९ पटक हेरिएको

तपाईको प्रतिक्रिया