Tuesday, October 27

रुसले स्वास्थ्यकर्मीसहित ४० हजार मानिसलाई कोरोनाको खोप दिंदै…..

August 21, 2020 225

मस्को । रुसले आफूले बनाएको कोरोना विरुद्धको खोप पहिलो चरणमा ४० हजार मानिसलाई लगाउने भएको छ । खोप निर्माण गरेको गामालिया रिसर्च इन्स्टिच्युटले स्थानिय नियामक संस्थाबाट ४० हजार जनालाई खोप लगाउन अनुमति पाएको जानकारी गराएको रुसी समाचार संस्था टासलाई उद्ध‌ृत गर्दै अन्तरार्ष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

खोपको पहिलो प्राथमिकता स्वास्थ्यकर्मी, शिक्षक तथा जेष्ठ नागरिकलाई दिइने यसअघि नै रुसले बताइसकेको छ । विश्वकै पहिलो दाबी गरिएको कोरोनाको यस खोपको नाम “Sputnik V” दिइएको छ । छोटो समयको परीक्षणमा नै खोप सुरक्षित र प्रभावकारी रहेको जिकिर रुसले गर्दै आएको छ ।

विश्वभर १२० भन्दा बढी देश खोपको क्लिनिकल परीक्षणमा छन् । डिसेम्बरको अन्त्यदेखि सुरु भएको कोरोना संक्रमणबाट हालसम्म २ करोड २४ लाख ४२ हजार २४३ जना बिरामी भएको जोन्स् हप्किन्स् युनिभर्सिटीले जनाएको छ । साथै ७ लाख ८८ हजार ३५६ कोरोना संक्रमितको मृत्यु भइसकेको छ ।

प्रतिकृया दिनुहोस्