बुधबार ०८ बैशाख २०७८

आदर्णीय आमा बुवा, दाजु भाई, दिदी बहिनी तथा सम्पूर्ण न्याय प्रेमीहरुलाई, म, सदिक्षा (दुर्गा) को हृदय देखि नै नमन । बिगत ३ महिना अगाडी भएको मेरो दाईको सन्कास्पद मृत्यु को केस ढिसमिस हुनै आटेको थियो । बुढा पाकाले भन्ने गरेको बाक्य “पाप धुरी बाट कराउँछ । यो कहिलै पनि लुक्दैन” एकदमै सत्य रहेछ । त्यो दिन सायद म माथी इश्वरको कृपा बर्सेको थियो र सायद पाप पनि धुरी बाट कराउने बेला भएको थियो ।

दुइटै हुनुको संयोगमा एक माध्यम भएर बसेकी म, “खै मेरो दाइको फोटो हेरुम” भन्ने माग बाट सुरु भएको यो न्यायको माग आज सम्मानित अदालतको नजर सम्म पुगेको छ ।

मेरो एक्लो आवाजलाई हजुरहरु सबै न्याय प्रेमीको आवाज र हौसलाले रक्षा नगरेको भए सायद त्यो आवाज पनि बतास सङै बिलाएर जाने थियो होला । तर तपाइहरुले मेरो पिडालाई आफ्नै सम्झि दिन रात नभनी यो बिषयलाई नियालि रहनु भयो । मैले जतिनै धन्यबाद भनेपनि त्यो अपूरो नै हुन्छ तर पनि मेरो हृदय बाट नै निस्किएको यो ‘धन्यबाद’ सब्दलाई स्विकारिदिनु हुन बिनम्र अनुरोध यै स्ट्याटस बाट नै गरें ।

यो बिषयलाई एउटा कानूनी बाटो बाट अगाडि बड्ने मोडमा पुर्याएर, म आज मैले देखेको उडान भर्ने सपनालाई साकार पार्न र आफ्नो अध्यनलाई पुरा गर्न भनेर U.S.A तर्फ उड्दैछु । हजुरहरुको सुभकामना हमेशा रहने छ भनेर पनि विस्वस्त छु । पढाई सकेर आफ्नो शिक्षाको सदुपयोग गर्न र हाम्रो देशलाई मेरो सम्बन्धित सिक्षाले सेवा दिन चाडै फर्केर आउने छु । हजुरहरुको साथ र सहयोग हमेसा स्मरणमा रहने छ ।

 

१४१ पटक हेरिएको

तपाईको प्रतिक्रिया