Monday, November 23

पवित्रालाई एसिड हान्ने २ जना नै जेल चलान

August 20, 2020 52

काठमाडौं । काठमाडौँमा दही किन्न निस्केकी युवतीलाई एसिड प्रहार गर्ने दुई अभियुक्तलाई अदालतले पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ ।

जिल्ला अदालत काठमाडौंले बिहीवार गत साउन ८ गते सीतापाइलामा एसिड आक्रमणमा परी गम्भिर घाइते भएकी ओखलढुंगाकी २२ वर्षीया पवित्रामाथि भएको एसिड आक्रमणको मुद्धामा सुनुवाई गर्दै उपचारका लागि राहत कोषमा तत्काल २ लाख रुपैयाँ उपलब्ध गराउन पनि आदेश दिएको छ ।

न्यायाधीश कृष्णजंग शाहको इजलासले अभियुक्त मोहम्मद आलम र भारतीय नागरिक मुन्ना मोहम्मदलाई थुनामा राख्न आदेश दिएको स्रोतले जनाएको छ ।

आक्रमण भएकै दिन प्रहरीले केही घण्टामा नै आक्रमणकारीको पहिचान गर्न सफल भएको थियो ।

पहिचान हुनेबित्तिकै खोजीमा निस्किएको प्रहरी टोलीले रौतहट लक्ष्मीपुर–४ घर भई काठमाडौँको डल्लु बस्ने मोमहम्मद आलम र उनका सहयोगी भारत विहार घर भई डल्लु बस्ने फैयाज आलमलाई पक्राउ गरेको हो ।

आलम काठमाडौँको एक गार्मेन्ट फ्याक्ट्रीका मालिक हुन् । फैयाज सोही गार्मेन्टमा काम गर्ने कर्मचारी हुन् । युवतीलाई एसिड हानेको भन्ने सूचना प्राप्त भएलगत्तै महानगरीय अपराध महाशाखाका प्रहरी उपरीक्षक होविन्द्र बोगटीको नेतृत्वमा परिसरका प्रहरीसहितको टोली खटाइएको थियो ।

प्रतिकृया दिनुहोस्