Wednesday, December 2

पोखरामा एकै परिवारका १३ जनामा कोरोना संक्रमण……

August 20, 2020 163

पोखरा : पोखरामा कोरोना संक्रमण समुदायमा फैलिएको पाइएको छ। पछिल्लो समयमा पोखरा–५ मालेपाटनका एकै परिवारमा १३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
परिवारमा पहिलो कोरोना संक्रमण पुष्टि साउन २४ गते सहकारीमा काम गर्ने एक महिला सदस्यमा भएको थियो।

स्वाब टेष्ट गर्दा त्यही परिवारका अरु ११ जनामा कोरोना संक्रमण देखिएकोमा बिहीबार थप दुई जनामा पनि कोरोना संक्रमण पुष्टि भएको पोखरा महानगरपालिकाका प्रवक्तासमेत रहेका पोखरा ५ का वडा अध्यक्ष धनबहादुर नेपालीले जानकारी दिए।

बिहीबार सोही परिवारका ११ वर्ष र १४ वर्षका दुई बाबुनानीमा कोरोना संक्रमण पुष्टि भएको उनले बताए। तीन दाजु भाइका १३ जना सदस्यमा कोरोना संक्रमण देखिएको हो। कोरोना संक्रमण हुनेमा सबैभन्दा वृद्ध ८१ वर्षका पुरुष छन्।

पहिलो कोरोना संक्रमण भएकी सहकारीमा कार्यरत महिलालाई ज्वरोआएपछि स्वाब परीक्षण गरिएको थियो। उनमा कोरोना संक्रमण पृष्टि भएपछि परिवारका अरु सदस्यको पनि स्वाब टेष्ट गरिदा १३ जनामा पनि कोरोना संक्रमण देखिएको हो।

स्याङ्जामा ड्युटीबाट फर्केर क्वारेन्टाइनमा बसेका १६ सशस्त्र प्रहरीलाई कोरोना संक्रमण
कोरोना संक्रमण भएका मध्य एक जनामा नेगेटिभ रिर्पोट आएर घर फर्की सकेका छन्। आज संक्रमण देखिएका दुई जनालाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचारका लागि लग्ने तयारी गरिएको वडा अध्यक्ष नेपालीले बताए। अन्य सदस्यको लेखनाथ स्थित साविक लेखनाथ सामुदायिक अस्पताल र पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार भइरहेको छ। अन्नपूर्णपोस्ट्बाट

प्रतिकृया दिनुहोस्