आइतबार १७ साउन २०७८

पूर्व प्रधानमन्त्री तथा जनता समाजवादी पार्टीका नेता डा। बाबुराम भट्टराई अहिले स्वास्थ्य उपचारका क्रममा भारतमा छन् । उनलाई के रोग लागेको भन्ने पत्ता नलागेपछि भारत रेफर गरिएको थियो । अहिले उनको रोग सार्वजनिक भएको छ ।

डा। भट्टराईलाई लागेको रोग कारसिनोइड ट्यू म र एक न्यूरो इण्डो(क्राइन ट्यू म र हो । नाममा न्यूरो भए तापनि यो ब्रेन ट्यू म र होईन । यो एउटा बिस्तारै बढ्ने ट्यू म र हो, त्यसैले यसको लक्षण ढिलो देखिन्छ । डा। भट्राईको रोगबारे सन्देश नामक ट्वीटर ह्याण्डल चलाउने एक मेडिकल डाक्टरले खुलस्त पारेका छन् । उनी ट्वीटर थ्रे ड प्रयोग गरेर अगाडि लेख्छन्, ‘साथै यो एउटा दु र्ल भ ट्यू म र हो जसले गर्दा सुरूवाती लक्षणलाई खाना नपचेको, पेटको दुखेको वा दम भएको भन्ने सोचिन्छ ।

आन्द्रा वा फोक्सोका कुना(कन्तरामा पलाएको साना(साना कोषिकाहरुले यो ट्यू म र बनेको हुन्छ । सामान्य अवस्थामा शरीरलाई अत्यावश्यक मानिने भिटामिन बनाउनु पर्ने तत्वहरुलाई प्रयोग गरेर अब यो ट्यू म र ले अत्यधिक मात्रामा सेरोटोनिन भन्ने र सा य न बनाउन सुरु गर्छ । सेरोटिन लगायतका र सा य न ले गर्दा अनुहार रातो र तातो हुने , पखाला लाग्ने, ब्ल ड प्रे स र कम हुने, च क्क र लाग्ने, छालामा मसिना धजा जस्ता र क्त न लि देखिने, सास फेर्दा सिट्ठी बजे जस्तो हुने हुँदै सास फेर्न कठिन हुने हुन्छ ।

आन्द्राको ट्यू म र मा सुरुवाती दिनमा सेरोटिन कलेजोमा पुगेर केहि हदसम्म फ़िल्टर हुन्छ, जसले गर्दा रोगको लक्षण फोक्सोको ट्यू म र भन्दा केहि ढिलो र कम देखा पर्छ । तर फैलिन सुरु गरेपछि भने कलेजोले पहिले जस्तो फ़िल्टर गर्न सक्दैन । बिस्तारै मुटुको भल्भमा समेत गम्भीर असर गर्छ ।

यो रोगको पहिचान र डाइग्नोसिस गर्न मुश्किल छ । सबै ठाऊँमा आवश्यक टेस्टहरु हुदैनन् । तर समयमानै पत्ता लागे, उपचार गरे ठीक हुने सम्भावना धेरै छ । केहि समय पहिले चर्चित बलिउड अभिनेता इरफान खानको एनइटीका कारण नै मृ त्यु भएको थियो ।’

२२६ पटक हेरिएको

तपाईको प्रतिक्रिया