बिहिबार ३० बैशाख २०७८

इटहरी / संखुवासभा मादी बाट धरानतर्फ आउँदै गरेको बस धर्मदेवी नगरपालिका–४ मा दुर्घटना हुँदा ३२ यात्रु घाइते भएका छन् भने १३ जनाकाे अवस्था गम्भीर रहेकाे छ । को १ ख २८२४ नम्बरको शुभम डिलक्स बस धर्मदेवी–४ मा दुर्घटना हुँदा ३२ यात्रु घाइते भएको ईलाका प्रहरी कार्यालय चैनपुरका प्रहरी निरिक्षक योगराज खतिवडाले जानकारी दिएका छन् ।

बस दुर्घटनामा घाईते भएको १९ जनाको प्राथमिक स्वास्थ्य केन्द्र चैनपुरमा उपचार भइरहेको र गम्भीर घाईते १३ जनाको सुनसरीको बिपी स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको प्रहरीले जनाएको छ ।

घाइते हुनेमा चैनपुरकी मनमाया राइ, डामाभिट्टका सन्तोष राइ, मादी ४ का बिर्ज लिम्बु, झापा गाैरादहका दल बहादुर दर्लान, मादि ८ का डम्बर कुमार राइ रहेका छन् । त्यसैगरी सिता गुरुङ, पासाङ्ग आइदे शेर्पा, चेतनाथ दाहाल, निशा दाहाल, कमल मगर, सुरज मगर, अङ्कित मगर, हर्क बहादुर देवान पनि घाइते भएका छन् ।

त्यसैगरी बिर्ख बहादुर तामाङ्ग, दिपक राइ, नगेन्द्र राडकर, रिता तामाङ्ग, टिकाराम भट्टराइ, लक्ष्मी भट्टाराइ, नरेश अधिकारी, अम्मर बहादुर वुढाथोकी, नारायण प्रसाद गुरुङ, रिदल गुरुङ, मदन कुमार लिङदेन, सुनिल निलवेन, बियज राइ, नखधर खनाल, निर बहादुर वुढाथोकी, प्रकाश आचार्य, आडदावा शेर्पा पनि घाइते भएकाे प्रहरी बताएकाे छ ।

purbelinews

८१ पटक हेरिएको

तपाईको प्रतिक्रिया