सोमबार ०६ बैशाख २०७८

काठमाडौं । दुई युवाहरूको समूहबीच झडप हुँदा जाजरकोटमा एक जनाको ज्यान गएको छ । बिहीबार राति बारेकोट गाउँपालिका-२ लिम्सामा दुई समूहका युवाबीच झडप भएको थियो ।

झडपका क्रममा नलगाड नगरपालिका–४ का नरेश रावलको ज्यान गएको जाजरकोटका प्रहरी प्रमुख, डीएसपी मधुकुमार थापाले बताए । मृतक रावल जाजरकोट–डोल्पा यातायात व्यवसायी समितिमा आवद्ध थिए ।

सोही यातायात समितिमा आवद्ध दुई समूहबीच झडप हुँदा उनको ज्यान गएको प्रहरीले जनाएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले ६ जनालाई नियन्त्रणमा लिएको थियो ।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको डीएसपी थापाले बताए । मृतक रावलको शव पोस्टमार्टमका लागि सदरमुकाम खलंगा ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।

news18nepal

५६ पटक हेरिएको

तपाईको प्रतिक्रिया