Sunday, November 29

मेडिकल कलेजको चौथो तलाबाट युवती खसिन !

August 20, 2020 208

धनगढी । कैलालीमा निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत एक जना मजदुरको निधन भएको छ। कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नम्वर ८ की २० बर्षीया मिना पालीको गेटा मेडिकल कलेको चौथो तलाबाट खसेर निधन भएको हो।

कैलालीको गोदावरी नगरपालिका वडा नम्वर ५ मा निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत उनको अस्पताल भवनको चौथो तलाबाट खसेर निधन भएको ईलाका प्रहरी कार्यालय कैलालीका प्रमुख तथा प्रहरी नाय उपरिक्षक ज्ञानवहादुर विष्टले बताए।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरिक्षक प्तिक विष्टले भवनबाट खसेर घाईते भएकी पालीको उपचारका क्रममा निसर्ग अस्पतालमा निधन भएको बताए।

साउन पहिलो साता निर्माणाधिन गेटा मेडिकल कलेजमा कार्यरत कृष्णपुर नगरपालिका वडा नम्वर ७ बस्ने १७ बर्षीय रविन्द्र बमको करेन्ट लागेर निधन भएको थियो।

प्रतिकृया दिनुहोस्