Sunday, October 25

देशभर आइसीयू र भेन्टिलेटरमा १३५ कोरोना संक्रमित

August 20, 2020 90

काठमाडौं । देशभर १३५ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा उपचाररत भइरहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार जनाको १२९ आइसीयू र ७ को भेन्टिलेटरमा उपचार भइरहेको छ ।

भेन्टिलेटरमा उपचार भइरहेका ७ जना बागमती प्रदेशमा छन् । प्रदेश १ मा ११, प्रदेश २ मा ४६, बागमती प्रदेशमा ५४, गण्डकी प्रदेशमा ६, प्रदेशमा ५ मा १२ जनाको उपचार आइसीयूमा भइरहेको छ ।

आज काठमाडौं उपत्यकामा २०० सहित देशभर ७०७ जनालाई कोरोना पुष्टि भएको छ भने ६ संक्रमितको मृत्यु भएको छ । देशभर कोरोना संक्रमितको संख्या २९ हजार ५४५ पुगेको छ । सो मध्ये निको हुनेको संख्या १७ हजार ९६४ रहेको छ । हाल सक्रिय संक्रमितको संख्या ११ हजार ५५५ छ भने ११ हजार ७६८ जना क्वारेन्टिनमा बसिरहेका छन् ।

प्रतिकृया दिनुहोस्