सोमबार १३ मंसिर २०७८

काठमाडौं-पछिल्लो समय निकै नै भाईरल बनेका अर्जुन बिकको अभिनयमा लोकगित”पिरती छुटाए”सार्बजनिक हुने भएको छ । S3K Entertainment को प्रस्तुतिमा रहेको गित सोहि च्यानलको अफिसियल युटुब च्यानलबाट सार्वजनिक हुने भएको छ ।

अर्जुन बिकको आफ्नै जीवनमा मेला खाने गीतमा राजु परियारको संगीत तथा शब्द सिर्जना भित्र रहेको गीतमा रमेश परियार र सन्ध्या परियारको स्वर रहेको छ । केहि महिना देखि भाईरल अर्जुन बिक यतिबेला म्युजिक भिडियोमा निकै नै बेस्त रहेका छन् ।

अर्जुन बिक अभिनित म्युजिक भिडियो एक पछी अर्को बजारमा आईरहेका छन् ।”पिरती छुटाए”बोलको गीतमा मेरी बासैकि कलाकार सरस्वति फुयालको पनि अभिनय रहेको छ । यस म्युजिक भिडियोमा अर्जुन बिकले सरस्वति फ्युयालसँग बिहे गरेको दृश्य पनि देखाईएको छ । बिक्रम चौहानको निर्देशनमा तयार भएको म्युजिक भिडियो छायाकन राजेश घिमिरेले गरेका हुन् भने सम्पादन लक्ष्मण चौहानले गरेका छन् । हेर्नुहोस भिडियो

postpatrika

११४ पटक हेरिएको

तपाईको प्रतिक्रिया