Thursday, October 29

 क्वारेन्टिनमै थप १७ महानगरीय ट्राफिक प्रहरीमा कोरोना संक्रमण

August 20, 2020 120

काठमाडौँ, ४ भदाै । क्वारेन्टिनमै बसेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका थप १७ जना प्रहरीलाई कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

घरबिदामा रहेको र घरबाट आएपछि कोरोना परीक्षण गर्दा उनीहरुको कोरोना रिपोर्ट पोजेटिभ देखिएको महाशाखाले जनाएको छ । १७ जना थप भएसँगै ट्राफिक महाशाखामा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ ।

दुई दिनअघि कोरोना परीक्षणका लागि स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु पठाइएको थियो । उनीहरुको बिहीबार रिपोर्ट आएको हो ।

new24

प्रतिकृया दिनुहोस्