Monday, November 30

वा ज्योतिषी हरिहर अधिकारीले धो’का दिएको भन्दै युबतिको यस्तो स्टाटस, ‘६ वर्षको माया ६ मिनेटमा चैट’

August 20, 2020 155

इटहरी । चर्चित युवा ज्योतिषि हरिहर अधिकारीलाई आफ्नो प्रेमी बताउँदै एक युवतीले स्टाटस लेखेकी छिन् । सुनसरीकी सेबिका प्याकुरेलले धोका पाएको भन्दै स्टाटस लेखेकी हुन् । उनले ६ वर्ष लामो प्रेम ६ मिनेटमा सकिएको भन्दै कुरा सुरु गरेकी छिन् ।

अधिकारीले आफूलाई धोका दिएको र अरु नै युवतीसँग सम्बन्ध गाँसेको अर्थमा सेविकाले फोटोसहित लामो स्टाटस लेखेकी छिन् ।‘हल्ला धेरै पैला नै सुनेको हो, तर म कहिले तलाई सोध्न, गाली गर्न आइनँ । भेट्न जाँदा बीजी बीजी,’ उनले लेखेकी छिन्, ‘विश्वास गर्थेँ, मेरो हरिहर त्यस्तो छैन होला, तर म गलत रहेछु ।’

उनले माया गरेर आफूले गल्ती गरेको र अब उसको विषयमा आफूलाई कसैले केही नसोध्न पनि आग्रह गरेकी छिन् । आफूले आफ्ना सबै आफन्तहरुलाई प्रेम सम्बन्धको बारेमा जानकारी गराएको बताउँदै अब आफूहरु अलग भएको बताएकी हुन् । आफूहरुको माया राधा कृष्णको जस्तो नाममै सिमित भएको भन्दै लेखेकी छिन्, ‘हजुर हरुको जोडी कृष्ण र रुक्मीणिको जस्तो होस् ।’

प्रतिकृया दिनुहोस्