Wednesday, January 27

लोक सेवाको परीक्षामा ३५ पटक फेल भएपछि…

August 20, 2020 94

एजेन्सी । सरकारी जागिर खाएर भविश्य सुरक्षित बनाउने सपना कसको नहोला र तर यो सपना सहजै सबैको पूरा हुँदैन । कतिपय पटक पटक प्रयास गर्दा पनि सफल हुँदैनन् । आमरुपमा भन्ने हो भने असफलताले मानिसलाई निराश बनाउँछ । बारम्बार हुने यस्तो निराशाले मानिसको आशा नै टुटाउँछ । तर विजय वर्धन नाम गरेका एक भारतीय युवाले यसलाई गलत साबित गर्दै सफलता हात पारेका छन् । सरकारी जागिर खाने चक्करमा ३५ पटक फेल भएपछि भारतको यूनियन लोक सेवा आयोगको परीक्षामा सफल भएका छन् ।

हालै प्रकाशित यूपीएससी सिभिल सर्भिस परीक्षामा १०४ औँ ¥याङ्क ल्याएर उनी सफल भएका छन् । भारतीय सञ्चार माध्यमहरुमा अहिले उनका बारेमा खबरहरु छापिएका छन् । उनले पटक पटकको असफलतालाई ताकत बनाउँदै अगाडी बढेर अन्तत सपना साकार पारे । यो सफलता पाउनु अघि उनले सरकारी जागिरका लागि ३५ओटा परीक्षा दिएका थिए । तर कुनैमा पनि उनलाई सफलता मिलेको थिएन । समाचार अनुसार विजयले यूपीएसी परीक्षामा पाँच एटेम्प्ट गरेका थिए भने अन्य ३० परीक्षा दिएका थिए

खासमा विजय सन् २०१३ मा हिसारमा इलेक्ट्रिोनिक एण्ड कम्युनिकेशन विषयमा इन्जिनियरिङ्ग पूरा गरेर दिल्ली गएका थिए । उनले लगातार ६ वर्षसम्म सरकारी जागिरका लागि थयारी गरिरहे । सरकारी जागिरका लागि हुनै सबैजसो परीक्षामा सहभागिता जनाइरहे । सफलता भने हात लागेन बारम्बार फेल भइरहे । तर पनि उनले कहिल्लै हार मानेनन् । सन २०१९ सम्ममा उनी सहभागि भएको परीक्षाको सङ्ख्या ३५ पुगिसकेको थियो । हालै सन् २०१८को यूपीएससी परीक्षाको नतिजामा भने उनी सफल भएका छन् ।

उनको प्रयास र सफलता देख्दा लाग्छ सायद उनलाई एकीन थियो आज भएन त के भो भालि जरुर सफल हुन्छु । समाचार अनुसार विजयले ग्रेड ए र ग्रेड बी का लगभग सबै परीक्षा दिएका थिए । जसमा यूपी पीएसएम, हरियाणा पीसीएस, पञ्जाव पीसीएस, एसएससी सीजीएल, एलआइसी, नाबार्ड, इसरो, हरियाणा एक्साइज इंस्पेक्टर, आरआरबी एनटीपीसी, आरबीआई ग्रेडबी लगाएतका परीक्षा दिएका थिए । यूपीएससी क्वालिभाइड विजयले इन्डिएन पुलिस सर्विभसेज(आईपीएस) रोजेको वन इन्डिया अनलाइनले जनाएको छ ।

विजयको प्रयास र सफलताबाट हामीले पनि सिक्नुपर्ने कुरा छ । प्रयास गर्न छोड्नु हुँदैन, आशा मार्नुहुँदैन, एक दिन जरुर सफलता मिल्छ एकै दिनमा वा एकै पटकमा नमिल्ला तर एक दिन पक्कै सफलता मिल्नेछ ।

प्रतिकृया दिनुहोस्