Thursday, October 22

अन्त्येष्टिका लागि भेला भएका मलामीको जब भागाभाग….

August 19, 2020 148

काठमाडौं । नेपालमा कोरोनाबाट थप ६ जनाको मृत्यु भएको छ । यो सँगै मृतकको संख्या १२० पुगेको छ । गएको २४ घण्टामा मुलुकभर कोरोना संक्रमणबाट थप ६ जनाको मृत्यु भएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको कोरोना भाइरस ९कोभिड–१९० प्रेस ब्रिफिङमा पछिल्लो २४ घन्टामा मुलुकका ६ जिल्लामा ६ जनाको मृत्यु भएको औपचारिक रुपमा पुष्टि गर्नुभएको हो । बुधबार मृत्यु हुनेमा काठमाडौं र बर्दियाका १–१ पुरुष तथा मोरङ, भक्तपुर, चितवन र सुनसरीका १–१ जना महिला गरी ६ जना छन् ।बर्दिया । बर्दियामा मंगलबार एक अनौठो घटना भएको छ ।

मधुवन नगरपालिका– ९ का ७८ वर्षीय एक पुरुषलाई मंगलबार दिउसो अन्त्येष्टिका लागि घा’ट लगियो । परिवारजन, आफन्त, ईष्टमित्र र छरछिमेक सबै मिलेर दा’हसं’स्कार पनि गरे । जब दा’हसं’स्कारको काम सकियो तब एक्कासी ती पुरूष कोरोना सङ्क्रमण पुष्टि भएको रिपोर्ट आयो । त्यसपछि मलामी गएकाहरूमा भागदैड सुरु भयो । के गर्ने, कसो गर्ने भन्दै सबै अत्तालिए । करिव ५० हाराहारीमा मलामी गएका थिए । नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारका क्रममा मङ्गलबार निधन भएपछि उनको लाश घर ल्याईएको थियो ।

घर ल्याएर दा’हसंस्का’र गरिसकेपछि कोरोना रिपोर्ट पोजेटिभ आएको बर्दियाका प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले जानकारी दिए । ‘कोरोना रिपोर्ट नआउँदै ला’शको दा’हसंस्का’र भएको छ । मलामी गएका सबैलाई क्वरेण्टीनमा राख्ने तयारी भइरहेको र दुई वटा बस्ती पनि सिल गर्दैछौँ । किरियापुत्रीलाई पनि अलग्गै क्वरेन्टाइनमा बस्न भनेका छौँ’, प्रजिअ अधिकारीले भने ।

कन्ट्याक्ट ट्रेसिङमा परेका घरपरिवार र छिमेकी गरी एक सय १३ जना रहेको प्रजिअ अधिकारीले जानकारी दिए । कोरोना रिपोर्ट नआउँदै मेडिकल कलेजले कसरी ला’श हस्तान्तरण गर्‍यो त्यसबारे पनि स्पष्टीकरण मागिने प्रजिअ अधिकारीले बताए । मधुमेहको समस्या रहेका वृद्धलाई निमोनिया भएपछि सोमबार अस्पतालमा भर्ना गरिएको र मङ्गलबार बिहान निधन भएको थियो ।

कोरोना परीक्षणको रिपोर्ट नआउँदै अस्पतालले मृतकको ला’श मङ्गलबार बिहान दिएपछि आफन्तले बुझेर ल्याएका थिए । कोरोना जाँचको रिपोर्ट नआउँदै मृतकको ला’श बुझाउनु अस्पतालको गम्भीर लापरवाही भएको भन्दै स्थानीय आ’क्रोशि’त भएका छन । अहिले उक्त अस्पताललाई उच्च सुरक्षा नि’गरानीमा राखिएको छ ।

प्रतिकृया दिनुहोस्