Wednesday, November 25

घरमा माउसुली देखेमा यस्तो हुनसक्छ संकेत

August 19, 2020 661

घरमा माउसुली देखिनु एक सामान्य घटना हो। सामान्यरुपमा हेर्दा यो एक जीव हो तर जीव जन्तु मनुष्यको प्रकृतिको एक महत्वपूर्ण हिस्सा मान्ने हिन्दू शास्त्रमा माउसुली बारे जोडिएको गतिविधिबारे विस्तृत जानकारी छ।

शास्त्रमा प्रचलित शकुन शास्त्रको अनुसार माउसुलीलाई कुनै विशेष समयमा देख्नु, जमीनमा या शरीरमा खस्नु भविष्यका लागि शुभ–अशुभ घटनाको संकेतसँग जोडिएको हुन् ।

शास्त्रका अनुसार माउसुलीलाई तिहारको वेलामा देखियो भने यसलाई लक्ष्मीको प्रतिक मानिन्छ । जसको अर्थ आगामी वर्षमा घरमा धनसम्पत्तिमा बृद्धि हुनु हो।

यदी घरको भित्तामा माउसुली देख्नु भयो भने तत्काल मन्दिर या भगवानको मूर्ति नजिक राखिएको अक्षता ल्यार माउसुलीलाई छर्किदिनुस्।

छर्कदै आफ्नो मनोकामना भन्नुस् यसो गर्नाले तपाईले इच्छाएको बस्तु वा मनोकामना पुरा हुने छ।

माउसुलीको पूजा अर्चना गर्नाले धन समबन्धी समस्याको हल हुने धार्मिक मान्यता छ।

प्रतिकृया दिनुहोस्