Tuesday, October 27

१७ वर्षकी किशोरीलाई ‘बिबाह गर्छु’ भन्दै होटलमा लगेर करणी,गर्ने पक्राउ

August 19, 2020 144

विवाह गर्ने प्रलोभन देखाएर एक १७ वर्षीया किशोरीलाई करणी गरेर भारतमा लगेर बेच्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ । किशोरीलाई नक्कली माया जालमा पारेर फकाउँदै करणी गरे पछि उनले भारतमा लगेर बेचेको आरोप लागेको छ । प्रहरीले नुवाकोट तादी गाउँपालिका वडा ३ खरानीटार घर भई हाल काठमाडौंको तारकेश्वर नगरपालिका वडा २ काभ्रेस्थली बस्दै आएका वर्ष २२ का अर्पण तामाङ भनिने राजु तामाङलाई पक्राउ गरेको हो ।

काठमाडौमै भेट भएकी ति किशोरीलाई माया गर्छु भनेर उनले काठमाडौकै एक होटलको कोठामा लगेर करणी गरेको प्रहरी अनुसन्धानवाट खुलेको छ । उनले काठमाडौको गोंगबु स्थित फेसबुक गेष्ट हाउसमा लगेर आफुलाई पटक-पटक करणी गरेको किशोरीले बताएकी छन् । ‘माया गर्छु तिमीसंग विवाह गर्छु’ भनेका राजुले आफुले करणी गरेपछि ति किशोरीलाई आफ्ना अर्का साथीको जिम्मा लगाएका थिए । ति साथीले किशोरीलाई लिएर भारत लिएर गएका हुन् ।

राजुका साथीको नाम खुलेको छैन । साथीले गोगंबुबाट ट्याक्सी चढाई चितवनको नारायणघाट हुँदै काँकडभिट्टा सीमा नाकाबाट भारत लगेका हुन् । भारतमा लगेर उनले फेरी एक अपरिचित भारतीय पुरुषको जिम्मा लगाएका थिए । भारतका ति पुरुषको नाम पनि खुलेको छैन । राजुको साथी किशोरीलाई अपरिचित ब्यक्तिसंग भारतमा छोडेपछि आफु नेपाल फर्किएका थिए ।

ती भारतीय पुरुषले किशोरीलाई अ’श्ली’ल भिडियो देखाई यस्तै गरौं भन्दै दवाव दिने गरेका थिए । किशोरीले उनले भनेको जस्तो नमान्दा ‘तँलाई मैले किनेको हो’ भनेपछि आफु बेचिएको थाहा पाएकी थिइन् । भारतीय नागरिकले भारतको ठाउँ ठाउँमा घुमाउँदै सम्पर्कका लागि दबाव दिन थालेपछि उनी भा’गेकी थिइन् ।

उनले आफु बेचिएको थाहा पाएपछि भा’गेको बताएकी छन् । त्यस पछि उनी भारतमै एक जना नेपालीको सम्पर्कमा आएपछि नेपाल फर्केकी थिइन् । युवतीलाई उनै नेपाली युवाले २०७६ असोज महिनामा कैलाली जिल्लाको टीकापुरमा रहेको इलाका प्रहरी कार्यालयमा ल्याएर प्रहरीको जिम्मा लगाइदिएका थिए ।

नेपाल आएपछि किशोरीले साउन २९ गते राजु विरुद्ध प्रहरीमा उजुरी दिएकी हुन् । किशोरीको उजुरीको आधारमा प्रहरीले उनलाई भदौ १ गते पक्राउ गरेको छ । प्रहरीले उनलाई काठमाडौं जिल्ला अदालतबाट ७ दिनको म्याद थप गरी अनुसन्धान गरिहरेको छ।

प्रतिकृया दिनुहोस्