शुक्रबार १० बैशाख २०७८

काठमाडौं । नेकपा (एमाले)की प्रमुख सचेतक शान्ता चौधरीले इतिहासले गर्न नसकेको काम वर्तमान सरकारले गरेको बताएकी छन्।

उनल बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै विद्रोही शक्तिलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा प्रवेश गराएको उल्लेख गर्दै चौधरीले यस्तो बताएकी हुन्।

‘विद्रोही शक्तिलाई वार्तामार्फत शान्तिपूर्ण राजनीतिमा सरकारले प्रवेश गराएको छ,’ बुधबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै चौधरीले भनिन्, ‘खुल्ला धन्यावाद दिनुको सट्टा अहिले पनि सरकारको विरोध गरिरहनु भएको छ । अब नेपालमा कोही पनि विद्रोही रहने छैनन् । इतिहासमै ठूलो काम गरेको छ सरकारले । म सलाम गर्न चाहन्छु।’

उनले यही सरकारका कारण देशका सबै पालिकामा अस्पताल पुगेको, समाजिक सुरक्षा भत्ता बढाउँदै लगेको बताइन्।

चौधरीले नेपालले कोरोना खोप अरु देश भन्दा पहिले ल्याएर लगाउन शुरु गरेको भन्दै सरकारलाई धन्यावाद दिइन्।

उनले भनिन्, ‘नेपाल सरकारले कोरोनाको खोप यति छिटो ल्याएर लगाउन शुरू गरिसकेको छ । यसका लागि पनि म धन्यवाद दिन चाहान्छु ।’

khabarmukam

५० पटक हेरिएको

तपाईको प्रतिक्रिया