Monday, November 30

मेरो प्यारो बुबालाई कुसेऔंसीको हार्दिक मंगलमय शुभकामना औंसीको जस्तो जिन्दगीलाई पनि उज्यालो बनाईदिने मेरो बुबा

August 19, 2020 55

कुशे औंसी लाई बुवाको मुख हेर्ने औंसी पनि भनिन्छ। आमाको मुख हेर्ने दिनमा आमाको संझना गरियो, गुरु पूर्णिमामा गुरुको संझना गरियो भने आजको दिन पिताको सम्मान, संझना अनि विशेष समर्पण गर्ने दिन । संसारमा हरेक बिहान विस्तारै गएर एउटा साँझमा रुपान्तरित हुन्छ, उदाएका सूर्य अस्ताउँने रित छ र यिनै दिन र साँझको क्रमसँगै जीवन बढ्दै गएर कहिले बुवा त कहिले छोरा , कहिले आमा त कहिले छोरीको भुमिका निर्वाह गर्ने क्रम चलिरहन्छ ।

आज बुबाको मुख हेर्ने दिन बुबाका लागि केहि अनमोल भनाईहरु :

१. आज हामी जे छौ त्यो हाम्रो आमा बुबाले दिएको उपहार हो र भोली हामी जे बन्छौ त्यो हामीले हाम्रो आमा बुबालाई दिने उपहार हो, त्यसैले आफ्नो आमा बुबालाई कस्ती उपहार दिन चाहनुहुन्छ, तपाई त्यस्तै बन्ने कोशिस गर्नुस ।

२. बुबा निमको रुख जस्तै हो जसको पत्ता चाहे जतिनै तितो भएपनि छहारी भने एकदमै शितल दिने गर्छ ।

३. जीवनमा तपाई जति सफल र महान भए पनि दुइ जनाको ख्याल राख्न नबिर्सिनु होला, एक त्यो जसले तपाईको जितको लागि आफ्नो सबैथोक हारीदिन्छ, तपाइको बुबा र अर्को त्यो जसले तपाईलाई दुख्ला भनेर सबै दुख आफै सहिदिन्छ, तपाइको आमा ।

४. आमा जतिको शक्तिशाली यो दुनियामा अरु कोहि हुदैन किनकि मृत्युको मुखमा पुगेर पनि उसले आफ्नो सन्तानलाई जन्म दिन्छन ।

५. म बुझ्न सक्दिन कि कसरी कोहि मान्छे आफ्नो घरमा ढुंगाले बनेको मुर्तिको लागि ठाउ बनाउन सक्छ जबकी आफैलाई जन्म दिने आफ्नो आमाबुबाको लागि अलिकति पनि ठाउ हुदैन ।

६. आफ्नो सन्तानको सानो खुशीको लागि आमाबुबाले अनेक दुख गर्छन तर बिडम्बना त्यहि सन्तान ठुलो भएपछी आमाबुबालाई घरमा ठाउ दिदैनन् ।

७. हरेक मान्छेले आफ्नो कला र आफ्नो सृजनालाई आफ्नै नाम दिने गर्छन तर आमा मात्र एउटा यस्ती महान कलाकार हुन् जो आफैले जन्माएको सन्तानलाई पनि उसको बुबाको नाम दिने गर्छिन ।

८. पुरै दुनियामा एउटा बुबा मात्र यस्तो व्यक्ति हुन् जो चाहन्छन कि आफु भन्दा पनि आफ्नो सन्तानले धेरै प्रगति गरोस ।

९. घरमा चाहे जतिनै मान्छे हुन् तर आमा हुनुन्न भने त्यो घर खाली खाली नै लाग्छ ।

१०. फुल कहिले पनि दुइ पटक फुल्दैन, जन्म कहिले पनि दुइ पटक हुदैन, भेट्न त दुनियामा हजारौ मान्छेहरु भेटिन्छन तर निस्वार्थ माया गर्ने आफ्नो आमाबुबा जस्तो अरु कोहि भेटिदैन ।

बुबाका लागि केहि अनमोल भनाईहरुको भिडिओ पनि हेर्नुस :

नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

थप १० अनमोल मनछुने भनाईहरु

प्रेरक मनछुने भन्नुको अर्थ के हो भन्ने कसैले हामीलाई सोध्यो भने हामी पक्कै पनि बन्छौ मन छुने भन्नुको अर्थ यस्ता कुराहरु जसले हाम्रो भावना बुझेको प्रतित हुन्छ । अनि सुन्दा असाध्यै राम्रो लाग्छ अनि हामीलाई ज्ञान दिन्छ तेस्तो भनाई हरुलाई नै हामी प्रेरक मनछुने भनाईहरु भन्ने गर्छौ ।

यहाँ त्यस्तै १० भनाइहरु राखिएको छ जसले हाम्रो भावना बुझ्छ । हाम्रो आदर्शका कुराहरु गर्छन् र हामीलाई केहि ज्ञान दिन्छन् । तपाईलाई यी १० मन छुने भनाईहरु पढ्दा कस्तो लाग्छ रु कृपया कमेन्टमा भन्नुहोला । मन परेमा तपाईले यसलाई सेयर गर्न पनि सक्नु हुन्छ । हामी सकारात्मक सोचमा यस्तै मन छुने तथा जीवन बदल्ने कुराहरु लेखिरहेका हुन्छौँ । १२ मन छुने भनाईहरु :

१, आगाडि बढ्नु छ भने आफुलाई र अरूलाई हिजोको दृष्टिले होइन,आजको दृष्टिले हेर।हिजोको भाषा होइन,आजको भाषा बोल।हिजोमै रोकिने होइन आजमा प्रवेश गर।आजमा हिड तर हिजो र भोलिलाई पनि नबिर्स।हिजोको संझना र भोलिको कल्पनाबाट ऊर्जा लेऊ आजलाई गति देऊ।

२.सिकेर सकिदैन कहिल्यै।सर्वज्ञ र सर्वेसर्वा हुँदैन कोही। सफलतामा पुग्न अठोट र प्रयास चाहिन्छ।सफलतापछि पनि अर्को सफलता हुन्छ।अगाडि बढ्नुपर्छ।

३. टेक्नको लागि धरती छ,सोच्नको लागि आकाश छ,चढ्नको लागि शीखर छ,जिउनको लगि जीवन छ।उठ,हिंड, हेरेर हिढ, दृढतापूर्वक हिढ।शीखर जति टाढा भए पनि हिड्दै गरे मात्र नगिचिन्छ र पुगिन्छ आनन्दपूर्वक हिड।

४. कर्मठता र धैर्य होस् उत्साह अदम्य होस्।शक्ति साधन परिचालनको कला होस्।सफलता सहज बन्छ।

५.आत्मबल निर्माण गर्न र अगाडि बढ्न गाह्रो छैन।आफूले आफैलाई दिएको वचन नतोडे पुग्छ।आफ्नै वचन आफनै निर्णय पूरा गरे पुग्छ।

५. मुर्खसंग पुस्तक बोकेर हिड्नु भन्दा विद्वान संग भारी बोकेर हिड्नु धेरै उत्तम हुन्छ।

६. जती कठिन संघर्ष हुन्छ, त्यति नै जीत शान्दार हुन्छ।

७. जित्नेवला कहिल्यै हार मान्दैनन् र हार मान्नेवाला कहिल्यै जित्दैनन्।

८. यदि जिन्दगीमा खुसी पाउनु छ भने मान्छेले भनेको कुरालाई मनमा लिन छोडिदिनुस् किनकी दुनियामा खोट लगाउने मानिसहरुको कमी छैन्।

९. कोशीस गर्न छोड्नु हुदैन, किनकी चिम्टीको साहायताले पनि आखिर चाबीको साहायताले पनि आखिर चाबीको ताला खोल्न सकिन्छ।

१०. जब आफूलाई साथ दिने कोही हुदैनन् नी तब बल्ल थाहाँ हुदो रहेछ जिन्दगीको अर्थ के हो भनेर।

नोट : तपाईहरुलाई हाम्रो प्रेरक जानकारी कस्तो लाग्यो ? यदि हाम्रो यो जानकारीले अरुको जीवनमा पनि परिवर्तन ल्याओस भन्ने चाहनुहुन्छ भने यो लेखलाई शेयर गर्दिनुहोला । तपाइको एक शेयरले थाहा नभएका हरुले ज्ञान पाउनेछन् भने हामीलाई पनि सहयोग मिल्नेछ ।

प्रतिकृया दिनुहोस्