बिहिबार १६ मंसिर २०७८

काठमाडौं । बुधबार साँझ एक्कासि पानी परेपछि केही दिनदेखि काठमाडौं उपत्यकाको आकाशमा जम्मा भएको वायु प्रदूषण कम हुने अनुमान गरिएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित मौसम पूर्वानुमान महाशाखाकी मौसमविद मञ्जु बासीका अनुसार बुधबार साँझ उपत्यका लगायत प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा हल्का वर्षा भएको छ ।

विमानस्थलमा राखिएको वर्षा मापनयन्त्रले २।६ मिलिमिटर वर्षा मापन गरिएको छ । उहाँले आज पनि उपत्यका लगायतका क्षेत्रमा बुधवारको भन्दा केही कम वर्षा हुने संभावना रहेको र त्यसले अहिले उपत्यकामा देखिएको प्रदूषणलाई केही हदसम्म पखाल्ने बताउनुभयो ।

उहाँले जंगलमा लागेको डढेलो नियन्त्रण नभएसम्म वायु प्रदूषणको मात्रा कामयै रहने र शुक्रबारदेखि वर्षा गराउने कमजोर प्रणाली पनि हराउने हुँदा वायु प्रदूषण फेरि यथावत नै हुन सक्ने गोरखापत्रलाई बताउनु भएको छ ।

news18nepal

२२० पटक हेरिएको

तपाईको प्रतिक्रिया