सोमबार २७ बैशाख २०७८

 

 

लोकप्रिय गायिका अन्जु पन्तको बिबाह भएपछि निस्केको पहिलो गीत “म मरेर “भन्ने बोलको भिडियो बजारमा सार्वजनिक भएको छ। गायिका अन्जु पन्त वैवाहिक जीवनमा बाँधिएकी छिन् । उनले आज प्रेमी थिर कोइरालासँग बिहे गरेकी हुन् ।

 

अन्जु र थिर एक बर्षदेखि प्रेम सम्बन्धमा थिए । उनीहरुले बिहे गर्ने बताएपनि मिति भने तय नभएको बताउँदै आएका थिए । केही समय अगाडि गायिका अन्जु पन्तले बिहे गर्ने बिषयमा कुराकानी भएपनि मिति पक्का नभएको प्रतिक्रिया संचारकर्मीलाई दिएकी थिइन् ।

गीतमा सत्यकला लामा ,चिरन्जिबी सापकोटा ,मुना खड्का र समर नेपालको अभिनय रहेको छ । उक्त गीत ए.एम.एस इन्टरटेनमेन्टले बजारमा ल्याएको हो ।

गीतमा सुरज अधकारीको शब्द तथा संगीत रहेको छ ।गीतमा निर्देशन सिर्जन बरालले गरेका हुन् भने सम्पादन अमृत चापागाईंले गरेका हुन् ।भिडियो छायांकन भने रेशम दर्लामीको रहेको छ ।

गायिका अन्जु पन्तको बिहेपछिको पहिलो गीतको भिडियो बाहिरियो,सबैलाई रूहायो गीतले

हेरौ तलको भिडियो…

५८ पटक हेरिएको

तपाईको प्रतिक्रिया