बिहिबार १६ मंसिर २०७८

काठमाडौं । नेकपा एमालेकी सांसद गंगा सत्गौंवा थारुले रेशम चौधरी निर्दोष भएको बताएकी छन् । उनले संसदको बैठकको विशेष समयमा बोल्दै रेशम चौधरी अपराधि रहेको भ्रम फैलाइएको आरोप लगाइन् ।

‘रेशम चौधरी अपराधि हो भनेर दुनियाँमा भ्रम फैलाइएको छ । तर टीकापुर घटना हुँदा त्यहाँ थिएनन्, बर्दियामा थिए । टीकापुर घटनामा उनको कुनै संलग्नता नरहेको म ठोकुवा गर्न चाहन्छु,’ उनले भनिन् ।

उनले टीकापुर घटनालाई राजनीतिक रुपमा हेर्न सबैलाई आग्रह समेत गरिन् । ‘टीकापुर घटनालाई राजनीतिक घटनाका रुपमा लिएर जेलबन्दी बिताइरहेका सबै थारुलाई रिहाइ गर्न माग गर्दछु,’ उनले भनिन् ।

उनले सरकार थारु कल्याणकारिणी सभाबीच भइरहेको वार्ताले सार्थकता पाओस् भनी शुभकामना पनि गरिन् । ‘टीकापुर घटनामा अभियोग लगाइएका ५८ जना नै निर्दोष हुन् । सरकारले थालेको वार्ताले सार्थकता पाओस् र उनीहरुविरुद्धको झुटा मुद्दा खारेज गरियोस्,’ उनले भनिन् ।

news18nepal

११७ पटक हेरिएको

तपाईको प्रतिक्रिया