Wednesday, October 21

मोबाइल हरायो यसरी भेटिन्छ …….

August 19, 2020 71

नेपाल दूरसञ्चार प्राधिकरणले हालसालै मोबाइल ट्रयाकिङ सेवा सर्वसाधारणका लागि पनि उपलब्ध गराएको छ । आफूले चलाइरहेको कुनै पनि मोबाइल फोन हरायमा सजिलै उत्त फोनको रिपोर्ट गर्न सकिने र नयाँ प्रविधिबाट हराएको फोन यदि कसैले प्रयोग गरेको भए सहजै पत्ता लाग्ने भएको छ ।

विश्वको जुनसुकै देशमा बनेको र जुनसुकै ब्राण्डको फोन भएपनि नेपाल ल्याएर एकपटक त्यसमा सिम हालेर एकपटक चलाएपछि उक्त फोनको आईएमईआइ नम्बर रेकर्ड रहने र सोहि नम्बरको साथै अन्य केहि डाटाहरु नेपालका टेलिकम कम्पनीहरु तथा प्राधिकरणमा तथ्यांक रहने हुनाले सोही तथ्यांकको आधारमा मोबाइल ट्रयाकिङ गर्न सकिने प्राधिकरणले जानकारी दिएको छ ।

यदि कुनै पनि प्रयोगकर्ताको प्रयोग गरिरहेको फोनसेट हरायो भने प्रयोगकर्ताले नेपाल दूरसञ्चार प्राधिकरणको सिस्टममा मोबाइल हराएको भनि रिपोर्ट गरेपछि टेलिकममा रेकर्ड भएको उक्त फोनको डाटाको आधारमा फोन ट्रयाक गरी सजिलै फोन भेटिने कुरा नेपाल दूरसंञ्चार प्राधिकरणले सार्वजनिक गर्दै जानकारी दिएको छ । https://eir.nta.gov.np/main/individual/track मा गएर फोन हराएका व्यक्तीले आफ्नो फोन खोजिदिन निवेदन दिनसक्ने छन् ।

मोबाइल फोन प्रयोगकर्ताको प्रइभेसी सुरक्षा तथा भविष्यमा आइपर्न सक्ने समस्याहरुलाई मध्यनजर गरी यो सेवा सम्पूर्ण प्रयोगकताको लागी खुला गरिएको प्राधिकरणले जनाएको छ । त्यसैले अबदेखि मोबाइल फोन प्रयोगकर्ताले आफ्नो फोन हराएमा नेपाल दुरसञ्चार प्राधिकरणमा निबेदन दिएर हराएको फोनसेट भेटिने प्रविधि सर्वसाधरणका लागी खुला गरियको हो । अब कसैले मोवाईल फोनसेट भेट्टाएको खण्डमा भने तुरुन्त जसको फोनसेट हो सोही व्यक्तिलाई वा नजिकको नेपाल प्रहरीको कार्यालयमा वा नेपाल दुरसञ्चार प्राधिकरणमा जानकारी गराई फिर्ता गर्न सकिने प्राधिकरणले जनाएको छ ।

तर यदि कसैले आफुले भेट्टाएको फोन सेट संबन्धित व्यक्तिलाई नदिई आफै प्रयोग गरेमा, अन्य व्यक्तिलाई बिक्रि गरेमा वा कसैले खरिद गरेको पाईएमा कानुन बमोजिम कानुनी कारवाही हुने कुरा प्राधिकरणले जानकारी दिएको छ । अब सहजै मोबाइल ट्रयाकिङ गर्न सकिने भएकोले त्यसरी भेट्टाएको फोन सेट फिर्ता गर्नुनै बुद्धिमानी हुने प्राधिकरले जानकारी दिएको छ । नेपाल दुरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना जारी गर्दै सम्पूर्ण फोन प्रयोगकर्ताहरुलाई सचेत रहन जानकारी गराएको छ ।

प्रतिकृया दिनुहोस्