बुधबार २० साउन २०७८

नेपाली गोलकिपर किरण चेम्जोङ अन्तर्राष्ट्रिय लिगको बेस्ट गोलकिपर घोषित ! बधाई दिदै एक सेयर गरौं नेपाली राष्ट्रिय फुटबल टिमका गोलकिपर तथा कप्तान किरण चेम्जोङ भारतको फुटबल लिग ‘आईलिग’को उत्कृष्ट गोलकिपर घोषित भएका छन् ।

यस सिजन किरणले राउण्ड ग्लास पञ्जावबाट उत्कृष्ट प्रदर्शन गरेका थिए । शनिवार सकिएको लिगमा गोकुलम केरला च्याम्पियन बन्यो । उत्कृष्ट गोलकिपर बनेसँगै उनले २ लाख ५० हजार प्राप्त गरे । राष्ट्रिय टिमको लागि खेल्न नेपाल फर्केका किरणले पञ्जावको अन्तिम लिग खेल भने गुमाए । नेपाल, बंगलादेश र किर्गिस्तानबीचको थ्री नेसन्स कप फुटबलका लागि नेपाल आएका हुन् ।

यो पनि पढ्नुहोस काठमाडौं । प्रधानमन्त्री केपी शर्माओलीले साउन १ गतेदेखि सामाजिक सुरक्षा भत्ता अलिकति बढ्ने बताएका छन् । अब बूढाबूढीलाई सरकारले केही दिन लाग्यो भनेर मानिसहरुलाई निद्रा नलाग्ने ओलीले टिप्पणी गरेका छन् । ‘पहिलो बजेटमै जेष्ठ नागरिक भत्ता किन बढाइएन भनेर धुम मच्चाइयो र हामीले गत बजेटमा बढायौं’ मंगलबार रिपोर्टस क्लवको बार्षिकोत्सवमा बोल्दै प्रधानमन्त्री ओलीले भने, ‘अब पनि साउन १ गतेबाट सामाजिक सुरक्षा भत्ता अलिकति बढ्छ नै । साउन १ गतेबाट लागू हुने गरी बढ्छ फेरि ।

नेकपा एमालेले आफ्नो चुनावी घोषणापत्रमा वृद्धभत्ता मासिक ५ हजार दिने भनेको थियो । सरकारले अहिलेसम्म मासिक ३ हजार दिँदै आएको छ । प्रधानमन्त्री ओलीले साउनदेखि अलिकति बढाइने बताए पनि पाँचै हजार पु¥याउने चाहिँ भनेनन् ।

बरु प्रधानमन्त्रीले आफ्ना विपक्षीप्रति आक्रोश पोख्दै वृद्धभत्ता बढाउँछु भन्दा आफूलाई साउनअघि नै ढाल्ने प्रयास हुने छुद्र टिप्पणी गरे । प्रधानमन्त्री ओलीले भने, ‘कसैलाई आपत्ति लाग्दा । आपत्ति लाग्छ भने फेरि मैले भन्दिन्छु, आपत्ति लाग्छ भने सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट लागू हुने गरी बढाइने छ । अब यो बूढाबूढी पनि हेर्न थाल्यो, यसरी अन्धा अपांग पनि हेर्न थाल्यो, यो सरकार त छिटो हटाउनुपर्यो, साउन १ गतेदेखि त फेरि बढाएर लागू गर्ने भनिसक्यो… अब मान्छेहरूलाई अर्को छटपटी सुरु हुन्छ, निद्रा लाग्दैन ।’

आफ्नो सरकारले सामाजिक सुरक्षाका क्षेत्रमा धेरै कामहरु गरेको प्रधानमन्त्री ओलीले बताए । उनले भने, ‘सामाजिक सुरक्षाका क्षेत्रमा थुप्रो कामहरु हामीले गर्यौं । योगदानका आधारमा सामाजिक सुरक्षा जस्ता कुराहरु ग¥यौं । अरु पनि सामाजिक सुरक्षाका कामहरु हामी गर्दै जान्छौं ।

 

२२८ पटक हेरिएको

तपाईको प्रतिक्रिया