Tuesday, October 20

म्युजिक भिडियोमा राष्ट्रिय झण्डा ज’लाएको आ’रोपमा ग्याल्जोम दोर्जे तामाङसहित ९ जना प’क्राउ

August 19, 2020 119

काठमाडौँ – म्युजिक भिडियोमा राष्ट्रिय झन्डा ज’लाएको आ’रोपमा प्रहरीले ९ जनालाई प’क्राउ गरेको छ । राष्ट्रिय झण्डा ज’लाउने घटनाका मुख्य आ’रोपी ग्याल्जोम दोर्जे तामाङसहित हालसम्म ९ जना प’क्राउ परेका हुन् ।

जातीय हिं’सा भड्का’उन बल पुर्‍याउने र राष्ट्रिय झण्डा ज’लाएको भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा चर्को आ’लोचना भएको थियो । प्रहरीका अनुसार राष्ट्रिय झण्डा ज’लाउनेमध्ये ९ जनालाई प’क्राउ गरिएको र थप केहीको पहिचान भइसकेको छ ।

गत भदौ १ गते अपलोड गरिएको भिडियो अहिले पनि युट्युबमा उपलब्ध छ । यो समाचार तयार पार्दासम्म भिडियोलाई झण्डै ६ लाखले हेरेका छन् भने २५ हजारभन्दा बढीले प्रतिक्रिया जनाएका छन् । प’क्राउ परेकालाई अपराध महाशाखा टेकुमा राखेर अनुसन्धान भइरहेको बताइएको छ ।

उक्त म्युजिक भिडियोको करीब ४० सेकेन्डदेखि नेपालको राष्ट्रिय झण्डा ज’लाएको दृश्य छ । भिडियो मकवानपुरको वागमती गाउँपालिका–३ स्थित सल्लेनीको विष्णु आधारभूत विद्यालयमा खिचिएको छ । म्युजिक भिडियोमा साम्प्रदायिकता माथि नै खलल पुग्ने किसिमका भनाइहरू भएका कारण सामाजिक सञ्जालमा चर्को आ’लोचना भइरहेको छ ।

प्रतिकृया दिनुहोस्