Wednesday, October 21

अन्तिम दाहसंस्कार भइरहेको अवस्थामा कोरोना रिपोर्ट पोजेटिभ आएपछि…

August 19, 2020 55

बर्दिया, २ भदौ । बर्दियाको मधुवन नगरपालिका–९ का ७८ वर्षीय एक बृद्धको सोमबार राति कोहलपुरस्थित मेडिकल कलेजमा उपचारकै क्रममा मृत्यु भएको थियो । तर, आज (मंगलबार) मृतक बृद्धको अन्तिम दाहसंस्कार भइरहेको अवस्थामा कोरोना रिपोर्ट पोजेटिभ आएको छ ।

मृतक बृद्धको कोरोना रिपोर्ट पोजेटिभ आएपछि मलामी गएकाहरुको भागाभाग नै भएको छ । यसै विषयलाई लिएर प्रमुख जिल्ला अधिकारी लीलाधर अधिकारीले भने, ‘कोरोना रिपोर्ट नआउँदै शवको दाह संस्कार भएछ । मलामी गएका सबैलाई क्वारेन्टाइनमा राख्ने हामीले तयारी गरेका छौं । संक्रमितको बस्ती पनि सिल गर्दैछौं ।’

कोरोना रिपोर्ट नआउँदै मेडिकल कलेजले शव हस्तान्तरण गरेकोबारे छानविन भइरहेको र मृतकको ठेगाना एवं मलामीहरुको पहिचान गर्न प्रहरी खटाइएको प्रजिअ अधिकारीले बताए ।

news24

प्रतिकृया दिनुहोस्