Friday, November 27

श्रीमान् क्वारेन्टीनमा श्रीमती काखे बालक छाडेर एकाएक बेपत्ता

August 19, 2020 79

गोरखाको फुजेलबाट एक महिला २ साता देखी बेपत्ता भएकी छिन् ।काखे बालक छाडेर महिला एकाएक बेपत्ता भएकी हुन् ।गोरखा जिल्ला गण्डकी गाउँपालिका ४ फुजेल ढाबे निबासी २५ बर्षिया रिता अधिकारी दुवाडी नाम गरेकी महिला गएको साउन २१ गते देखी हराई रहेकी हुन् ।

अहिले उनलाई उनको परिवार र प्रहरीले खोजी गरिरहेको छ ।‘हामी बिचमा कुनै कुराको झगडा भएको थिएन । एक्कासी २१ गते बिहान ३ बजे घरबाट निश्कीएकी उनी आज सम्म पनि सम्र्पकमा नआएको’उनका श्रीमान दिपक अधिकारीले बताए ।

रोजगारीको लागि भारतको न्यू दिल्लीमा रहेको एक रेष्टुरेन्टमा काम गर्ने दिपक लक डाउनका बेला घर फर्किएका थिए । २८ दिन क्वारेन्टीनमा बसेर घर फर्किएका उनी चिनेजानेका साथीको ट्याक्टर चलाएर २ दिन पछि घर फर्किदा श्रीमती गायब भएकी थिइन ।

प्रतिकृया दिनुहोस्