रोल्पा नगरपालिका वडा नं २ का यमबहादुर महरा वैदेशिक रोजगारीमा गएको केही महिनामै निधन भयो । बीस वर्र्षको कलिलो उमेरमा तीन र एक वर्षका दुई छोरी र श्रीमतीलाई छाडेर रोजगारीका लागि मलेसिया गएका महराको विदेशमा अचानक निधन भयो ।
घरको आर्थिक अवस्था कमजोर भएका कारण ऋण काढेर मलेसिया पुगेका महराको तीन महिनामा रातो बाकसमा शव नेपाल आयो । कलिला दुई छोरीको लालनपालन र विदेश जाँदाको ऋण तिर्न गाह्रो भएको पीडा श्रीेमती भावना वली व्यक्त गर्नुहुन्छ ।
सदरमुकाम लिवाङमा दुई छोरीलाई लिएर सँंगै बस्दैआउनुभएका भावनाले भन्नुभयो,सिलाइकटाइ गर्दै बच्चाहरु पालनपोषण गरेकी छु बच्चाहरु ठूला हँुदै छन्,पढाइ खर्च पु¥याउनै गाह्रो छ ।”साउदीको एक कम्पनीमा काम गर्दागर्दै विद्युतीय करेन्टमा परेर रोल्पा परिवर्तन गाउँपालिका –१ कुरेलीका २३ वर्षीय रामचन्द्र पुनको पनि गत असारमा मृतयु भयो ।
पुन काठमाडौ स्थित वाइड होराइजन ओभरसिज म्यानपावरबाट साउदी अरबको रियाद स्थित साउदी कार्पेट कम्पनिमा गएका थिए ।
प्रतिकृया दिनुहोस्