आइतबार १९ आषाढ २०७९

नेपाली फिल्म क्षेत्रका एक चर्चित नाम हो अनमोल केसी। एक समय चर्चित नायक भुवन केसी र उनकी पत्नी सुस्मिता केसीको कोखबाट बि.स. २०५० साल चैत १७ गते काठमाडौंस्थित ओम नर्सिङ्गमा जन्मिएका उनको आज जन्मदिन परेको छ। नायक अनमोल केसीलाई नेपाली फिल्म क्षेत्रका एक बलियो खम्बा भन्दा फरक नपर्ला किनकि उनको फिल्म भनेपछि दर्शकहरु हुरुक्कै हुने गरेको पाइञ्छ र उनि अभिनित फिल्म हिट नै छन्।

२०१३ मा हेमराज विसी निर्देशित फिल्म ‘होस्टेल’ बाट नायकको रुपमा डेब्यू गरेका उनि पहिलो फिल्मबाटै स्टारको रुपमा उदाए। त्यसपछि उनले ‘जेरी, गाजलु, ड्रिम्स, कृ, ए मेरो हजुर ३ र क्याप्टेन’ फिल्ममा अभिनय गरे। तर चलचित्र ‘कृ’ र ‘क्याप्टेन’ले त्यति राम्रो ब्यापार गर्न सकेन। सिंगो फिल्म आफ्नो काँधमा बोकेर सफल बनाउन सक्ने स्टारडम बनाएका उनी नेपाली फिल्मका सबैभन्दा महंगा अभिनेता समेत मानिन्छन् ।

अहिले उनी फिल्म ‘ए मेरो हजुर ४’ को छायांकनमा व्यस्त छन् भने केहिदिन अगाडी मात्र उक्त चलचित्रको शिर्ष गितको छायांकन गरिएको थियो। बेला बेलामा उनको नाम कुनै न कुनै नायिका संग जोडिने गर्दछ उनले अभिनय गरेको कुनै पनि चलचित्रमा एउटै नायिकासंग काम गरेका थिएन्नन भने चलचित्र ‘ए मेरो हजुर ३’ र ‘ए मेरो हजुर ४’ मा एउटै नायिका सुहाना थापासंग अभिनय गर्दै छन्।

 

५९० पटक हेरिएको

तपाईको प्रतिक्रिया