काठमाडौं, प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रकवि माधवप्रसाद घिमिरेको दुःखद नि’धनमा श्र’द्धाञ्जलि व्यक्त गरेका छन्। ‘उहाँको अवसानबाट नेपालले साहित्य र वाङमयका एक विशिष्ट साधक गु’माएको छ,’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल ट्विटरमा भनेका छन्, ‘साहित्यमार्फत उहॉले मुलुकलाई लगाउनु भएको गुण नेपाली जनताले कहिल्यै भुल्ने छैनन्।’ शोकको यस क्षणमा आफूले कवि घिमिरेप्रति उ’च्चसम्मान र श्र’द्धाञ्जलि व्यक्त गरेको प्रधानमन्त्रीले जनाएका छन्। ‘साथै शो’क स’न्तप्त परिवार र आफन्तजनमा ग’हिरो स’मवेदना व्यक्त गर्दछु,’ प्रधानमन्त्रीले भनेका छन्।
राष्ट्रकवि घिमिरेको मंगलबार साँझ ५ बजेर ५५ मिनेटमा १०१ वर्षको उमेरमा निवासमै नि’धन भएको हो। श्वा’सप्रश्वासमा स’मस्या देखिएपछि विगत चार महिनादेखि उनलाई अ’क्सिजन दिएर घरमै उपचार गरिराखिएको थियो। घिमिरे विसं १९७६ असोज ७ गते लमजुङको पुस्तुन गाउँमा जन्मिएका थिए।
प्रतिकृया दिनुहोस्